Logo
|
Friday 26th April 2024
Logo

epaper

स्वच्छ महिनावारी अभियान कार्यक्रम



सिन्धुपाल्चोक , माघ २१ गते । जिल्लाको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा स्वच्छ महिनावारी तथा महिला स्वास्थ्यबारे कार्यक्रम सञ्चालन गरिएको छ ।
गान्धी इन्टरनेशनल मिसन नेपाल र स्वस्थ पाइला नेपालको संयुक्त आयोजनामा भएको उक्त अभियानमा विद्यालयका छ कक्षादेखि १० कक्षासम्मका विद्यार्थीहरुले सहभागिता रहेको थियो ।
कार्यक्रममा किशोरीहरुलाई सुरुमा महिनावारी हुदा अपनाउनुपर्ने सावधानीका विषयमा चिकित्सकहरुले जानकारी गराएका थिए । गान्धी इन्टरनेशनल मिसन नेपालकी सल्लाहकार डा. अंकिता अग्रवालले गान्धी इन्टरनेशनलले स्वास्थ्य, वातावरण लगायतका विषयमा काम गर्दै आएको जानकारी दिदै महिनावारीमा हुने समस्याको बारेमा जानकारी गराइन् । ।
डा. मनिषा चौहानले किशोरावस्थामा प्रवेश गरेका छात्राले महिनावारी हँुदा अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका बारेमा चिकित्सकले जानकारी गराउनुभएको थियो ।
स्वस्थ पाइला नेपालका महासचिव सरोज ढुंगेलले संस्थाले स्वास्थ्यका विषयमा विभिन्न कार्यक्रम सञ्चालन गरेको जानकारी दिए ।
डा. ओमा सापकोटाले महिला स्वास्थ्य तथा स्कूलका छात्राहरुलाई साबुनपानीले हात धुने बारेमा बताइन ।
डा. प्रकाश पौडेलले स्कूलका छात्रहरुलाई छुट्टै कक्षा सञ्चालन गरी स्वास्थ्य सम्बन्धि जानकारी गराउनुभएको थियो ।
कार्यक्रममा महिनावारी भएको समयमा प्रयोग गरिने प्याड तथा साबुनसमेत वितरण गरिएको थियो ।
गान्धी इन्टरनेशनल मिशन नेपालका सल्लाहकार डा अंकिता अग्रवालको नेतृत्व रहेको उक्त अभियानमा डा राहुल रौनियार, डा मनिषा चौहान, डा स्मृति भट्ट, डा ओमा सापकोटा, डा प्रजिता कुथु, डा प्रकाश पौडेल , मनोज प्रधान लगायतको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्