Logo
|
Friday 26th April 2024
Logo

epaper

नर्सहरुलाई श्रम शोषण गरियो भन्दै श्रम मन्त्रीलाई ध्यानाकर्षण



नेपाल नर्सिङ संघले बिरामीको सेवामा खटिने नर्सहरुलाई कतिपय अस्पतालहरुले सरकारले तोकेको न्युनतम पारिश्रमिक भन्दा पनि कम दिने गरेको भन्दै श्रममन्त्री गोकर्ण विष्टको ध्यानाकर्षण गराएको छ ।आइतबार संघकी अध्यक्ष प्राध्यापक तारा पोखरेलको नेतृत्वमा गएको टोलीले मन्त्री विष्टको ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारले अप्राविधिक मजदुरको बेसिक न्युनतम तलम ९ हजार भन्दा माथि तोकेको छ । तर लाखौँ खर्च गरी बर्षौ लगाएर अध्ययन गरेका नर्सहरुलाई ५ – ६ हजार दिने गरेको पाइएको छ । अझ कतिपयले त अनुभवका लागि भन्दै भोलेन्टियरको नाममा श्रमशोषण गरेको पाइएको छ । हामी त्यसबारेमा जानकारी गराउँन श्रम मन्त्रीसमक्ष पुगेका थियौँ,’  संघकी अध्यक्ष पोखरेलले भनिन् ।

अध्यक्ष पोखरेलले पछिल्लो पटक केही मेडिकल कलेज तथा अस्पतालहरुले ठेकेदारमार्फत नर्सहरु लिने गरेको र ठेकेदारले समेत नर्सका लागि अत्यन्त न्युनतम दिने गरेको ।

नर्सहरुको बृत्ति विकास, तालिमको अवसरबाट बन्चित गराएको, नर्सको जिम्मेबारी अस्पतालले लिनुपर्नेमा ठेकेदार कम्पन्नीले लिने गरेको भन्दै आपत्ती जनाइन । उनले किष्ट मेडिकल कलेज काठमाडौँ, मणिपाल मेडिकल कलेज पोखरा र पुरानो मेडिकल कलेज भरतपुरले नर्सहरु ठेकेदार कम्पनी मार्फत लिने गरको जानकारी दिइन ।

जवाफमा मन्त्री विष्टले आफूहरुसंग नर्सहरुमाथि विभेद र श्रम शोषण भएको भन्ने आफूले सुनिरहेको भन्दै यसबारेमा विज्ञसंग परामर्श लिएर आवश्यक कदम चाल्ने बताएको जानकारी दिइन । ‘हामीले उठाएको विषयलाई उहाँले गम्भीरता पूर्वक लिनु भएको छ २ ४ दिन भित्र यसबारेमा केही काम गर्छु भन्नु भएको छ,’ अध्यक्ष पोखरेलले भनिन् ।

यसअघि नर्सिङ संघको आइतबार बसेको बैठकले स्वास्थ्य मन्त्रालयले पारित गरेको नयाँ संरचनामा नर्सिङ महाशाखा नअटाएको । महाशाखाको प्रमुखको विषयमा अन्योलता उत्पन्न भएको विषयमा मन्त्रालयको ध्यानाकर्षण गराउने निर्णय गरेको थियो । यस्तै ओएसिस कलेजबाट नर्सिङ अध्ययन गरेका विद्यार्थीको सम्वन्धमा समेत छलफल गरेको थियो ।  नेपाली हेल्थ

प्रतिक्रिया दिनुहोस्