मधुमेह र थायराइडका बिरामीलाई पाटन प्याथ ल्यावको सहुलियत

जनस्वास्थ्य सरोकार || प्रकाशित मिति :2018-06-14 08:26:40

ललितपुरको जावलाखेलमा अवस्थित पाटन प्याथ ल्यावले मधुमेह र थायराइड परीक्षणमा विशेष सहुलियत सेवा शुरु गरेको छ । ल्यावले सञ्चालन गरेको पाटन डायविटिज एण्ड थायराइड क्लिनिकमा उपचारका लागि आएका बिरामीहरुलाई मधुमेह परीक्षण निःशुल्क छ भने ७ सय ३५ रुपियाँमा थायराइड टेष्ट गरिन्छ । वीर अस्पतालका हर्मोन विशेषज्ञ डा. प्रजय सिखर श्रेष्ठले गर्नुहुने मधुमेह तथा थायराइड उपचारमा सामाजिक उत्तरदायित्व वहन स्वरुप मधुहेह र थायराइड टेष्टमा सुविधा उपलब्ध गराइएको पाटन प्याथ ल्यावका प्रबन्ध सञ्चालनक रेशम भट्टराइले बताउनुभयो ।

    Comment Here!