Logo
|
Wednesday 8th May 2024
Logo

epaper

यिनलाई बढी टोक्छ लामखुट्टेले 



अहिले लामखुट्टेको मौसम हो । फोहोर, गर्मी या अन्य कारणले लामखुट्टे आउने गर्छ र मानिसलाई टोक्ने गर्छ । जसबाट मानिसलाई कालाजार, मलेरिया, डेंगुजस्ता कैयौँ रोग लाग्न सक्छ । कतिपय मानिसलाई भने लामखुट्टेले बढी टोक्ने गर्छ ।

डार्क कलरको  कपडा लगाएपछि
सामान्यतया लामखुट्टेले जस्तो मानिसलाई पनि आफ्नो सिकार बनाउँछ । तर, वैज्ञानिकहरूका आनुसार लामखुट्टेको दृष्टि क्षमता निकै तिख्खर हुन्छ । जब तपाईं डार्क कलरको कपडा पहिरिनुहुन्छ, अझ त्यसमा पनि ब्लु, ब्ल्याक र रेड कपडा पहिरिनुहुन्छ भने त्यस्ता मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ ।

‘ओ’ ब्लडग्रुप
रगत लामखुट्टेका लागि यसकारण अमृतसमान हुन्छ कि जसबाट उनीहरूमा प्रोटिनको आपूर्ति हुन्छ । त्यस्तै, फिमेल लामखुट्टेले अन्ड निर्माणका लागि मानिसको रगतमा भएको प्रोटिनबाट पोषण प्राप्त गर्छ । कतिपय मानिसमा लामखुट्टे निकै आकर्षित हुन्छन्, त्यसको कारण हो, ब्लडग्रुप । ए ब्लडग्रुप भएकाको तुलनामा ओ ब्लडग्रुपका मानिसलाई लामखुट्टेले बढी टोक्ने गर्छ । तर, बी ब्लडग्रुपको मानिससँग भने लामखुट्टे त्यति आकर्षित हुँदैन ।

एक अनुसन्धानले सामान्य महिलाको तुलनामा गर्भवती महिलाले बढी कार्बनडाइअक्साइड ग्यास फ्याँक्ने गर्छन् । त्यसैले गर्भवती महिलालाई लामखुट्टेले बढी टोक्न सक्छ ।

कार्बनडाइअक्साइड
लामखुट्टेसँग तिख्खर घ्राणशक्ति हुन्छ । यतिसम्म कि उसले १६६ फिट परको कार्बनडाइअक्साइड ग्याससमेत पहिचान गर्न सक्छ । जुन ग्यासप्रति लामखुट्टे बढी आकर्षित हुन्छ । श्वासप्रश्वासका क्रममा मानिसले अक्सिजन लिन्छ र कार्बडाइअक्साइड फ्याँक्छ । यही कारणले गर्दा लामखुट्टे हाम्रो नाक र कानको वरिपरि घुम्ने गर्छ ।

गर्मी र पसिना
गर्मीका कारण हाम्रो शरीरबाट निस्कने पसिनाबाट उत्सर्जित ल्याक्टिक, यरिक एडिस र अमोनियासँग पनि लामखुट्टे बढी आकर्षित हुन्छ । जसको बढी पसिना आउँछ, उसलाई लामखुट्टेले पनि बढी टोक्ने गर्छ ।

गर्भवती महिला
एक अनुसन्धानले सामान्य महिलाको तुलनामा गर्भवती महिलाले बढी कार्बनडाइअक्साइड ग्यास फ्याँक्ने गर्छन् । त्यसैले गर्भवती महिलालाई लामखुट्टेले बढी टोक्न सक्छ । यसका साथै गर्भवती महिलाको पेटमा बढी गर्मी हुन्छ । जसले पनि लामखुट्टेलाई आकर्षित गरिरहेको हुन्छ । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्