Logo
|
Friday 26th April 2024
Logo

epaper

स्टार हस्पिटलमा मेगा बैँकको ग्राहकलाई उपचारमा विशेष छुट 



ललितपुरको सानेपा स्थित स्टार हस्पिटल र मेगा बैँक बिच सहकार्य गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
स्टार हस्पिटलको तर्फबाट अस्पतालका सि.ओ.ओ डा. सन्देश जि. सी तथा मेगा बैँकका तर्फबाट बैँकका सि.बि.ओ महेश शर्मा ढकालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको हो ।
अब मेगा बैँकका ग्राहक तथा ग्राहकका परिवारले स्टार हस्पिटलमा गरिने उपचार खर्चमा आकर्षक छुट पाउने भएको छ  ।
छुट सुविधा प्राप्त गर्न सेवाग्राहीहरुले बैँकको प्रिभिलेज कार्ड, डेविट कार्ड वा क्रेडिट कार्ड मध्ये कुनै एक देखाउनुपर्ने छ । स्टार हस्पिटलले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न क्षेत्र र पेशामा आवद्ध जनसमुदायहरु सर्वशुलभ र उत्कृष्ठ स्वास्थ्य सेवाबाट वञ्चित हुने अवस्था सृजना नहोस् भन्ने उद्देश्यका साथ यस किसिमको सहकार्य गर्दै जाने आस्पतालका व्यवस्थापक हरि ढकालले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्