Logo
|
Friday 26th April 2024
Logo

epaper

डा.केसीलाई भेट्न सुशीला कार्की अस्पतालमा



काठमाडौं : पूर्वप्रधानन्यायाधीश सुशीला कार्की अनसनरत् डा.गोविन्द केसीलाई भेट्न अस्ताल पुगेकी छन्। उनले बुधबार दिउँसो महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेर डा. केसीको स्वास्थ्य अवस्थाबारे जानकारी लिइन् ।

कार्कीले डा.केसीको अनशनप्रति यसअघि सरकारले चासो नदिएकोमा चिन्ता व्यक्त गरेकी छन्। मंगलबार पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले पनि अस्पताल पुगेर डा. केसीलाई भेटेका थिए। डा.केसीको अनशनप्रति ऐक्यबद्धता जनाउँदै मुलुकभरका चिकित्सकहरू आन्दोलित छन्। शिक्षण अस्पताल महाराजगञ्जमा चिकित्सकहरूले सामूहिक रिले अनशन जारी राखेका छन्। डा. केसी २२ दिनदेखि अनसनरत् छन्।

प्रतिक्रिया दिनुहोस्