क्यान्सर उपचार कसरी रोज्ने ?

जनस्वास्थ्य सरोकार, काठमाडौँ || प्रकाशित मिति :2019-02-12 04:56:20

डा. कमल राज सोती, क्यान्सर विशेषज्ञ, भक्तपुर क्यान्सर हस्पिटल/ ह्याम्स हस्पिटल

क्यान्सर रोगको उपचार खोज्ने र रोज्ने विषय त्यति सजिलो छैन । यसका लागि डाक्टरको अध्ययन पृष्ठभूमि, उसको प्रयोगात्मक अनुभव लगायतका पक्षलाई आधार मान्नुपर्छ ।
कतिपय राष्ट्रहरुमा आफ्नो विधामा लाइसेन्स प्राप्त गरेपनि बिरामीलाई राम्रो उपचार सेवा दिन नसकेको बिभिन्न अध्ययनहरुले देखाएका छन् । यद्यपी नेपाल मेडिकल काउन्सिलको लाइसेन्स परीक्षा पास गर्ने बित्तिकै दक्ष डाक्टरको रुपमा गणना नहुने भएकाले केही आधारहरु केलाउन जरुरी हुन्छ ।

बहुपक्षीय टिमको ख्याल गर्ने

क्यान्सरको उपचार गर्न दक्ष डाक्टरको टोली/समुह चाहिन्छ । क्यान्सर उपचारमा रोग पहिचान गर्न प्याथोलोजिस्ट र रेडियोलोजिस्ट, अपरेशन गर्ने सर्जिकल अन्कोलोजिस्ट, केमोथेरापी औषधि दिने मेडिकल अन्कोलोजिस्ट र सेकाउने रेडियसन अन्कोलोजिस्ट समूहको आवश्यकता पर्छ । यस समुहमा खानपानबारे सल्लाह दिने डाइटिसियन नर्सको जरुरत पर्छ । यसैगरी अन्तिम अवस्थाका क्यान्सर बिरामी उपचार गर्ने प्यालियटिभ डाक्टरको भुमिका पनि त्यति नै महत्वपूर्ण हुन्छ । टयुमर बोर्ड मिटिङ गरी बिरामीको उपचारमा पोजेटिभ योगदान दिने चिकित्सक दक्ष मानिन्छ । त्यसैले माथि उल्लेखित चिकित्सकहरु लाई एक आपसको विज्ञता र दक्षताको बारेमा थाहा हुन्छ ।

रोग पहिचान गर्न प्याथोलोजिस्ट र रेडियोलोजिस्ट, अपरेशन गर्ने सर्जिकल अन्कोलोजिस्ट, केमोथेरापी औषधि दिने मेडिकल अन्कोलोजिस्ट र सेकाउने रेडियसन अन्कोलोजिस्ट समूहको आवश्यकता पर्छ ।

 

नेपाल मेडिकल काउन्सिलको भूमिका
नेपाल मेडिकल काउन्सिलले दक्ष क्यान्सर विशेषज्ञको रेकर्ड राखेको हुन्छ । तर विशेषज्ञले आफ्नो क्षेत्रको जस्तै काम गरेका छन् कि आफ्नो क्षेत्रभन्दा बाहिर गएर काम गरेका छन् भनेर पनि निरीक्षण गर्नुपर्छ । नयाँ चिकित्सकलाई निश्चित अवधिमा दोहोर्याएर परीक्षा लिनुपर्छ ताकि उपचारमा पछिल्लो विकासक्रमका बारे नयाँ चिकित्सकले जानकारी राखेको होस् । विभिन्न किसिमको मेडिकल लापरबाही गरेको चिकित्सकको नाम कालो सूचीमा राख्नुपर्छ । यसले बिरामीलाई चिकित्सकबारेमा सु–सुचित हुने मौका मिल्छ । काउन्सिलले नयाँ चिकित्सकलाई कम्युनिकेसन स्किल र अन्य सहानुभूति विकासको तालिम दिनुपर्छ । मेडिकल अंकोलोजिष्ट भएको नाताले सबै किसिमका केमोथेरापी नेपालमा दिन सकिन्छ । तर पछिल्लो विज्ञानले आविष्कार गरेका लाभदायक औषधि विदेशमा पनि महँगा छन् । यस्ता औषधि नेपालमा औषधि व्यवस्था विभागबाट पारित नहुनसक्छ र विदेशबाट आफैंले मगाउँदा निकै महँगो पर्न जान्छन् । कतिपय यस्ता महँगा औधिको प्रभाव र निको पार्नसक्ने क्षमता कम हुन्छ । यो बुझेर मात्र औषधिमा लगानी गर्नुपर्छ । यसैगरी अत्याधुनिक गुणस्तरीय रेडियोथेरापी दिने उपकरणहरु पनि नेपालमा उपलब्ध छन् । बिरामीलाई सही उपचार सेवा दिने चिकित्सकहरु पनि छन् । कुनै क्यान्सरको उपचारका क्रममा चिकित्सक पिच्छे फरक सल्लाह आएमा सेकेन्ड ओपनियनका लागि विदेश जान सकिन्छ ।
दक्ष क्यान्सर चिकित्सकको पहिचान
क्यान्सर रोगको सर्जरी गर्ने दक्ष डाक्टर पहिचान गर्न गारो भएपनि विभिन्न व्यक्तिहरुसँगको परामर्श लिएर दक्ष सर्जनको पहिचान गर्न जरुरी हुन्छ । अनुभव नभएको डाक्टरबाट गरिएको क्यान्सर सर्जरीको नतिजा राम्रो नआउन सक्छ किनभने क्यान्सर सर्जरीको सिद्धान्त अन्य रोगको भन्दा फरक हुन्छ । क्यान्सर लागेको अंग एवं गिर्खा राम्रोसँग निकाल्न सकेको अवस्थामा मात्र बिरामीले भरपर्दो लाभ प्राप्त गर्छ ।
त्यसैले पढाइको पृष्ठभूमि, राम्रो सर्जनसँगको सिकाई एवं पर्याप्त सर्जरी गरेको अनुभवबाट मात्र उत्कृष्ठ क्यान्सर सर्जनको रुपमा स्थापित गराउँछ ।
सहानुभूति
बिरामीको समस्या आफ्नो जस्तै ठान्ने, गाह्रो घटनामा डायग्नोसिस गर्ने क्षमता, उत्कृष्ठ उपचार पद्धतिको चयन, बिरामीको मानसिक आर्थिक स्थिति अनुरुपको उपचार गर्न सक्ने क्षमता, राम्रो पढाइको पृष्ठभुमि र तालिमको अनुभव मेडिकल एवं रेडिएसन अंकोलोजिष्टमा हुनुपर्ने अत्यावश्यक गुण हुन् । ।
डाक्टरमा बिरामीप्रति सहानुभूति गुण हुन जरुरी छ । बिरामीको समस्या र पीडा बुझेर सही सल्लाह दिने डाक्टरले गरेको उपचारबाट बिरामीले अत्यधिक सन्तुष्टी प्राप्त गर्छ । बिरामीसँग कुरा गर्न झर्को नमान्ने, बिरामीका सबै समस्या सुन्ने र बुझ्ने, बिरामीलाई भरोसा दिने, समस्या समाधानका लागि छलफल गर्ने डाक्टर राम्रो मानिन्छ । यसरी राम्रो सर्जन, मेडिकल अंकोलोजिष्ट वा रेडिएसन अंकोलोजिष्टको बारेम कि त उसको सिनियर सहकर्मी वा जुनियरसँग सोधेर मात्र थाहा हुन्छ । सँगै एउटै टिममा काम गर्ने चिकित्सकलाई पनि अर्को चिकित्सकको कामको बारेमा थाहा हुन्छ । त्यसैले कुनै डाक्टरले आर्थिक प्रलोभनमा नपरी सल्लाहको लागि नै अरु चिकित्सकलाई रिफर गर्छ भने उक्त चिकित्सक दक्ष हुने संभावना रहन्छ । यसले राम्रो मेडिकल अंन्कोलोजिष्ट पत्ता लगाउन जुनियर फिजिसियनसँग कुरा गरेमा कुन डाक्टर सही हो भनेर थाहा पाउन सकिन्छ ।

अनुभव
धेरै वर्ष उपचामा संलग्न डाक्टरलाई मात्र अनुभवी भन्न सकिदैन । उपचार गर्ने क्रममा स्व—अध्ययन गर्ने, आफ्ना विषयवस्तु सहकर्मी सामु प्रस्तुत गर्नसक्ने, अप्ठेरो दष्चबmष् पय कबmबकथब मा राय दिन सक्ने, समकक्षी एवं जुनियर डाक्टरलाई दक्ष बनाएर सीप हस्तान्तरण गर्नसक्ने डाक्टरलाई राम्रो मान्न सकिन्छ ।
दोस्रो राय/सल्लाह
कतिपय अवस्थामा क्यान्सर उपचार गर्दा सेकेन्ड ओपनियन (दोस्रो राय) को पनि जरुरत पर्नसक्छ । उपचार हुनु अगाडि सेकेन्ड ओपनियन लिन सकिन्छ । तर क्यान्सर उपचार सुरु भएपश्चात् डाक्टर परिवर्तन गर्नु राम्रो मानिदैन । उपचारमा प्रयोग गरिएको औषधि, त्यसको प्रभाव एवं कु—प्रभाव आदिबारे दोस्रो डाक्टरले पहिल्याउन नसक्ने भएकाले क्यान्सरका डाक्टर परिवर्तन गरेर उपचार सेवा लिने कोशिस गर्न बुद्धिमानी हुँदैन । तर क्यान्सर दोहोरिएर आएमा वा निको नहुने अवस्थामा पुग्यो भने मात्र विकल्पका रुपमा केही उपाय खोजीका लागि बिरामीले दोस्रो राय लिने गर्छन् । दोस्रो राय÷सल्लाह विदेश वा स्वदेशका डाक्टर जो सँग पनि लिन सकिन्छ ।

क्यान्सर दोहोरिएर आएमा वा निको नहुने अवस्थामा पुग्यो भने मात्र विकल्पका रुपमा केही उपाय खोजीका लागि बिरामीले दोस्रो राय लिने गर्छन्।

क्लिनिकल अनुसन्धान
अनुसन्धान मात्र गर्ने डाक्टरलाई क्लिनिकल ज्ञान नहुन सक्छ भने क्लिनिकल अभ्यास मात्र गर्ने डाक्टरलाई अनुसन्धानको ज्ञान नहुनसक्छ । त्यसैले अनुसन्धान र क्लिनिकल सीप सँगसँगै अघि बढाउनुपर्छ । अनुसन्धान र क्लिनिकल अभ्यास सँगसँगै अघि बढाउने डाक्टर दक्ष र राम्रो मानिन्छ । यस्ता डाक्टरहरुले गरेको उपचारमा नयाँ प्रविधि र उपयुक्त औषधिको सही प्रयोग हुने गर्छ र बिरामीले राम्रो उपचार सेवा प्राप्त गर्छन् । यस्ता डाक्टरहरु नयाँ उपचार प्रविधिको ज्ञाता पनि हुन्छन् । अध्ययन अध्यापन गराउने मेडिकल कलेज अन्तर्गतका अस्पतालमा भर्ना भएका बिरामीलाई बिभिन्न तहका डाक्टरले हेर्ने हुनाले मेडिकल गल्ती पनि कम हुने गर्छ । तर (समयमा उपचार नहुने समस्या र) मभभितभ प्रमुख डाक्टरको सल्लाह पाउन धेरै कुर्नुपर्ने हुनसक्छ । अहिलेको अवस्थामा क्यान्सर बिशेषज्ञ डाक्टर छरिएर काम गरिरहेका छन् । कुनै अस्पतालमा सर्जन, कुनैमा मेडिकल अन्कोलोजिस्ट त कुनैमा रेडियसन अन्कोलोजिस्ट मात्र छन् । त्यसैले डाक्टरको सल्लाहमा एकरुपता नभएका कारण बिरामीलाई पनि द्धिविधा हुने गर्छ ।
अन्य विधाका कतिपय डाक्टरमा क्यान्सरको कुन बिशेषज्ञले के कार्य गर्छ भन्ने थाहा छैन । यस्तो परिस्थितिमा कुनै एक विश्वासिलो क्यान्सर विशेषज्ञको सल्लाहलाई प्रमुख मानी अन्य सल्लाह लिदँै जानुपर्छ । कुनै डाक्टरले पहिलो डाक्टरले भन्दा फरक सल्लाह दिएमा त्यसको पछाडिको सिद्धान्त, फाइदा र बेफाइदा बारे थप सल्लाह लिनुपर्छ । यसले बिरामीलाई रोगबारे थप जानकार बनाउँछ ।

बिरामीका आफन्तले गर्न सक्ने सहयोग
दक्ष डाक्टरबाट उपचार प्राप्त गर्न उपचार मभभितभ पाइसकेका बिरामीले पछि समस्या परेर बिरामीलाई सहयोग गर्न सक्छन् । बिरामीले डाक्टर भन्दा आफ्नो जस्तै बिरामीको अनुभवलाई बढि मान्यता दिन्छन् । तर आफ्नो भन्दा फरक खालको क्यान्सरलाई आधार मानेर सम्बन्धित रोगमा पनि उस्तै उपचार गर्नुपर्छ भन्ने मान्यता राख्नु अज्ञानता हो ।
कतिपय बिरामीहरु पूर्णरुपमा क्यान्सर रोग निको हुने विश्वासका साथ आयुर्वेद उपचारमा जाने गर्छन् । कोहि बिरामी त मेडिकल शिक्षा नभएको मानिसको शरणमा पुग्दछन् । यसले बिरामीको पैसा बढी खर्च हुने एवं सहि सहयोग नमिल्न सक्छ । बिरामी र उसका आफन्तले क्यान्सर बिरामीका लागि सहयोग गर्ने क्यान्सर सपोर्ट सोसाइटीजस्ता समाजिक सोसाइटी (समाज) खोलेका हुन्छन् । यसले बिचारको आदानप्रदान, दक्ष डाक्टरको बारेका जानकारी र सही, सस्तो उपचार बारेमा जानकारी हुन्छ । साथै औषधिको कु—प्रभावसँग कसरी झेल्न सकिन्छ भन्ने बारेमा पनि सल्लाह पाउन सकिन्छ ।

अस्पतालको सुविधा र प्रविधि
डाक्टरको छनोटमा अस्पतालको सुविधा र प्रविधिले उत्तिकै महत्वपूर्ण भूमिका खेल्छ । सबै क्यान्सर बिशेषज्ञ एउटै अस्पतालमा पबचथबचबत भएमा बिरामीको डायग्नेसिस र उपचार चाडैँ शुरु हुन्छ । यसमा र नर्स रिह्याबिलिटेसन केयर गर्ने स्टाफलगायतको ब्यवहार पनि महत्वपूर्ण हुन्छ । कतिपय अवस्थामा क्यान्सर बिरामीको समस्या नर्सले नै सुल्झाउन सक्छन् । चिकित्सकको विदाको दिन र अन्य दिनमा फोनमा कति सहज रुपले उपलब्ध हुनसक्छ भन्ने कुरा पनि महत्वपूर्ण छ ।

    Comment Here!