Logo
|
Saturday 27th April 2024
Logo

epaper

८४ वर्ष माथिकालाई घरमै स्वास्थ्यसेवा



प्युठानका नौवटै स्थानीय तहमा ज्येष्ठ नागरिकलक्षित निःशुल्क स्वास्थ्यसेवा कार्यक्रम लागू भएको छ । स्थानीय तहले ८४ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलार्ई घरमै पुगेर निःशुल्क शारीरिक परीक्षण तथा उपचार सेवा प्रदान गर्न थालेका हुन् ।

प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य कार्यालय प्युठानको आयोजनामा सेवा प्रदान गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुवेदीले बताए । उनले भने, ‘सेवाको समन्वय जिल्लाका स्थानीय तहले गरेका छन् ।’ सेवाअन्तर्गत महिनामा कम्तीमा दुईपटक ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षण गर्ने उनले बताए ।

जिल्लाभर नौ सय १८ ज्येष्ठ नागरिक 
सबै स्थानीय तहमा गरी ८४ वर्ष पुगेका नौ सय १८ जना ज्येष्ठ नागरिक रहेको पाइएको छ । ज्येष्ठ नागरिकको उपचारका लागि स्थानीय तहमा रहेका स्वास्थ्यकर्मीबाट स्वास्थ्य परीक्षणको व्यवस्था मिलाइएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले बताए । औलो रोग, खकारमा क्षयरोगको जाँच, रक्तचाप, जन्डिस, स्वासप्रश्वाससम्बन्धी, आँखा, रगतमा चिनीको मात्रा, पिसाबमा प्रोटिनको मात्रा र फोक्सोको संक्रमणलगायत रोगसमबन्धी स्वास्थ्य परीक्षण तथा औषधि वितरण गर्ने कार्यक्रम रहेको छ ।

८४ वर्षमाथिका नागरिकले मात्र यो कार्यक्रमबाट सेवा पाउने भएकाले प्रभावकारी नभएको जनप्रतिनिधिको गुनासो छ । ७० वर्ष उमेरभन्दा माथिका ज्येष्ठ नागरिकलाई यो कार्यक्रम लागू गरे स्वास्थ्य कार्यक्रम फलदायी हुने नगर तथा गाउँप्रमुख बताउँछन् । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्