Logo
|
Friday 26th April 2024
Logo

epaper

बेलैमा उपचार गरे दुवी निको हुने चिकित्सकहरुको दावी



दुवीको समयमा उपचार गरेमा निको पार्न सकिने चिकित्सकहरुले बताएका छन् । दुबि मानिसको शरिरका भागमा छाला सेतो भएर जाने एक प्रकारको कस्मेटिक समस्या हो । यसले शरीरको पिगमेन्ट लस हुने भएकाले हेर्दा नराम्रो देखिन्छ । कतिपयले यसलार्य कस्मेटिक डिस्फिगरमेन्टको रुपमा लिने गर्दछन् । यसले शारीरिक सौन्दर्यता मात्र नभइ मनोवैज्ञानिक रुपमा पनि असर गरिरहेको हुन्छ । यो समस्या एनिमिया , थाइराइड, मधुमेह भएका व्यक्तीहरुलाई धेरै हुने सम्भावना रहेको काठमाडौं मेडिकल कलेजका छाला रोग विशेषज्ञ डा. सञ्जुबाबु श्रेष्ठ बताउनुहुन्छ ।
जुनसुकै उमेरका व्यक्तिलाई दुवी हुनसक्छ । खासगरी २० देखि ३० वर्ष उमेर समूहका व्यक्तिमा बढि मात्रामा देखिएको चिकित्सकहरु बाताउँछन् । कस्मेटिक सामाग्री धेरै प्रयोग महिलाहरुमा धेरै देखिने गरेकोे छ । दुवी दुःख्ने पोल्ने र चिलाउँदैन । यो आँखाको वरिपरि, ओठ र औलाको टुप्पोमा सेतो देखिदै शरीरभर फैलन्छ । दुवी सरुवा रोग नभएको र समयमै उपचार गरेमा निको पार्न सकिन्छ ।
यो रोग लागेमा कागति, सुन्तला, र अमिलो खाने कुराहरु नखान चिकित्सकहले सुझाएका छन् ।

प्रतिक्रिया दिनुहोस्