Logo
|
Friday 19th April 2024
Logo

epaper

नेपालमा सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन हुने



नेपालमा १४ औं सार्क एकेडेमी अफ अफथाल्मोलोजी सम्मेलन हुने भएको छ ।

सार्क देशहरुमा देखिएका आँखा स्वास्थ्यसम्बन्धि समस्या र यसको समाधानका लागि नयाँ प्रविधिबाट गर्न सकिने रोकथाम, उपचार र निर्मुलिकरण विषयमा छलफल गरिने छ । भौगोलिक, आर्थिक, वातावरणीय दृष्टिले सार्क देश नेपाल, भारत,  पाकिस्तान, अफ्गानिस्तान, बगंलादेश, माल्दिभ्स, भुटान र श्रीलंका मा आँखाको समस्याहरु एकै खालको हुन्छ ।

आयोजनक समितिका अध्यक्ष प्रा.डा. सुमन शमसेर थापाका अनुसार, सार्क लगायत विश्वका अन्य विभिन्न देशबाट आएका नेत्रचिकित्सक, मध्यमस्तीय आँखा स्वास्थ्यकर्मी लगायत अन्यद्धारा आँखा स्वास्थ्य सम्बन्धी अनुसन्धान, सार्कमा भएका आँखा स्वास्थ्य क्षेत्रमा भएका नयाँ प्रविधिको आविष्कार, आँखामा हुने दुर्लभ रोग, अन्धोपन न्यूनिकरण र आँखामा हुने विभिन्न प्रकारको रोगहरुलाई उपचार तथा निर्मूल आदि विषयमा आफ्नो अनुभव आदानप्रदान गरिने छ ।
सम्मेलनमा २४ भन्दा बढी देशका आँखा स्वास्थ्य क्षेत्रको प्रमुख नेतृत्वकर्ता, वैज्ञानिक, अनुसन्धानकर्ता, शल्यचिकित्सक, सामान्य नेत्र विशेषज्ञ, आवासिय चिकित्सक, अस्पताल प्रशासन प्रमुख आदि लगायतको सहभागी रहनेछ ।

मूख्य कार्यक्रम बाहेक अन्य विषय सम्बन्धि अन्तरक्रिया, लेक्चर र पोस्टर को माध्यममाबाट जानकारी दिइनेछ । साइन्टीफिक कमिटिकी सचिव डा.इली प्रधान भन्नुहुन्छ—‘आँखा स्वास्थ्यसँगै शिक्षा,आर्थिक, सामाजिक र भौगोलि विकटता रहेको यी देशहरुमा सर्वसुलभ ढंगबाट बिरामीहरुलाई आँखाको उपचार विधि अपनाउने विषय र साथै बदलिदों वायु प्रदुषण, वायुमण्डलको प्रभाव, मानिसहरुको बदलिदो जिवनशैली र त्यसले आँखा स्वास्थ्यमा पार्ने असर, बढ्दो स्मार्ट ग्याजेट÷मोबाइलबाट आउनसक्ने समस्या साथै त्यस्तो अवस्थामा अपनाइनुपर्ने सावधानीहरु विषयमा समेत छलफल हुनेछ ।’
सार्क एकडेमी अफ अफ्थाल्मोलोजी र नेपाल अफ्थाल्मिक सोसाइटीको संयुक्त हलमा हुनलागेको यो सम्मेलन जुन २१ देखि २४ तारिख गरेर चार दिनसमम्म सुचारु हुनेछ । यस सम्मेलनमा राष्ट्रिय र अन्तराष्ट्रिय (सार्क क्षेत्रका देश लगायत अमेरिका, बेलायत, रसिया, सेनेगल, जापान, क्यानडा, जर्मनी, चिन, सिंगापुर, दक्षिण कोरिया, ताइवान, इथियोपिया, घाना आदि) देशका विज्ञहरुले कार्यपत्र प्रस्तुत गर्दैछन् ।
६०० जनाको सहभागिता रहने यस सम्मेलनमा आँखाका विभिन्न विधा जस्तै पेडियाट्रिक अफथालमोलजी (बाल आँखा रोग तथा डेढो आँखा), कर्निया (आँखाको नानी), क्याट्र्याक्ट (मोतीविन्दु), रिफ्र्याक्टिभ सर्जरी, युभिया, न्यूरो अफ्थाल्मोलोजी (आँखाको नशा), रेटिना (आँखाको पर्दा), ग्लोकमा (जलविन्दु), अकुलोप्लाष्टिक (आँखाको प्लाष्टिक), एडभोकेसी, अस्पताल प्रशासन लगायतका विषयमा कार्यपत्र प्रस्तुत गरिनुका साथै छलफल गरिने । साथै नेपाल मात्र नभई सार्क क्षेत्रमा नै आँखा स्वास्थ्य सेवामा अमूल्य योगदान पुर्याउनुभएका विशिष्ट व्यक्तित्वहरुलाई सम्मान गरिनुको साथै अभिनन्दन गरिने कार्यक्रम पनि रहेको आयोजक समितिका सचिव प्रा.डा. सबिना श्रेष्ठले बताउनुभयो ।
हरेक दुई वर्षमा एक पटक गरिने यस सम्मेलन अहिलेसम्म नेपालमा २ पटक सन् १९९१ मा र सन् १९९९ मा काठमाडौंमा सम्पन्न भएको थियो

प्रतिक्रिया दिनुहोस्