Logo
|
Saturday 26th October 2024
Logo

epaper

यसरी हुन्छ हिप फ्याक्चर



हिपको अपर क्वार्टर बोन अर्थात् माथिल्लो भागको हड्डी भाँच्चिनुलाई हिप फ्याक्चर भएको भनिन्छ । जुन खुट्टाको हाडको जोर्नी भाँच्चिनु हो । जसले गर्दा खुट्टा चलाउन नमिल्ने र बस्न गाह्रो हुने समस्या हुन्छ । नेक अफ फ्युमर फ्याक्चर, परट्रोेयान्ट्रिक  र सबट्रोयान्ट्रिक गरी हिप फ्याक्चर तीन किसिमका हुन्छन् । यो उमेरअनुसार फरक–फरक हुने गर्छ ।  हिप फ्याक्चर बच्चा र वयस्कमा फरक–फरक किसिमले हुने गर्छ । सामान्यतया, सवारी दुर्घटना, अग्लो स्थानबाट खस्दा, चिप्लिएर लड्दा आदि कारण हिप फ्याक्चर हुन सक्छ ।
  •  हिप फ्याक्चर हुनुको अर्को प्रमुख कारण प्याथोलोजिकल फ्याक्चर पनि हो । यदि कुनै व्यक्तिमा पहिलेदेखि नै हड्डी कमजोर हुने समस्या भएमा सानो चोटपटकबाट पनि हिप फ्याक्चर हुने गर्छ । क्याल्सियमको कमीबाट हड्डी कमजोर हुनु र रगत तथा आन्द्राको क्यान्सर फैलिएर हड्डीमा पुगेको अवस्थामासमेत फ्याक्चर हुने सम्भावना रहन्छ ।
  •  त्यस्तै, ओस्टियोपोरोसिसको समस्या भएका वयस्क मानिसमा पनि हिप फ्याक्चर हुने सम्भावना प्रबल रहन्छ ।

लक्षण

  •  हिपको हड्डी चोटपटकबाट भाँच्चिदा अत्यधिक दुखाइ हुने गर्छ । हिप फ्याक्चर भइसकेपछि उभिन वा खुट्टा टेकाउन गाह्रोे हुने गर्छ ।
  • हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागे/नलागेको यकिन गर्नुपर्छ ।

उपचार

  •  हिप फ्याक्चरको उपचार एकदमै जटिल हुने गर्छ । त्यसैले, दुर्घटनामा पर्नेबित्तिकै सबैभन्दा पहिला टाउको, छाती र पेटमा चोटपटक लागे÷नलागेको यकिन गर्नुपर्छ । यदि, शरीरका अन्य भागमा चोटपटक लागेमा उपचारमा सजगता अपनाउन जरुरी हुन्छ ।
  •  हिप फ्याक्चरको उपचार शल्यक्रियाबाट मात्र सम्भव हुन्छ । जति छिटो शल्यक्रिया गर्न सक्यो त्यति नै प्रभावकारी हुन्छ । शल्यक्रिया गर्दा ज्यान नै जोखिममा पर्ने स्थिति आए मात्र अन्य विधि अपनाइन्छ, जुन एकदम थोरैमा मात्र लागू हुन्छ ।
  •  भाँच्चिएको हड्डीलाई जोड्न मद्दत पु-याउन नहल्लिने गरी एक ठाउँमा जोडिन्छ । यद्यपि, हड्डीको अवस्था, चोटको प्रकृति र उमेरअनुसार यो फरक हुने गर्छ । शल्यक्रियाको माध्यमबाट स्क्रु, रड र प्लेटको प्रयोग गरिन्छ ।

सावधानी

  •  हिपको हड्डीको उपचार जोखिमपूर्ण हुने गर्छ । खासगरी उचित हेरचाह नभएमा हड्डीको अवस्था बिग्रने सम्भावना एकदमै धेरै हुन्छ । शल्यक्रियापश्चात् बच्चाहरूमा ओस्टियो नेक्रोसिस हुन सक्छ । जसले अत्यधिक दुखाइ उत्पन्न गराउँछ । त्यस्तै, ज्वरो आउने, पिडौँला सुन्निने र चलाउँदा दुख्नेजस्ता समस्या हुन्छ ।
  •  हड्डी गलत ठाउँमा जोडिएर हिप नै बांगो हुन सक्छ । एलएलडी अर्थात् अर्को खुट्टाको तुलनामा भाँच्चिएको खुट्टा सानो हुने सम्भावना हुन्छ । कतिपयमा शल्यक्रियापश्चात् पनि जोर्नी नजोडिने, प्लेट भाँच्चिने, संक्रमण हुने, डिभिटी अर्थात् खुट्टाको रक्तनलीमा रगत जम्ने हुन्छ । यस्तो अवस्था आए उपचारपछि पनि निको हुँदैन । तसर्थ, चिकित्सकको सल्लाहमा पैताला चलाइराख्ने, वैशाखीको सहाराले हिँडडुल गर्ने तथा पैतालादेखि माथिसम्मको मोजा लगाउने गर्नुपर्छ । जसले गर्दा जोर्नी जोडिन सजिलो हुन्छ ।नयाँपत्रिकाबाट

 

प्रतिक्रिया दिनुहोस्