Logo
|
Saturday 26th October 2024
Logo

epaper

कञ्चनपुर : शवगृहलाई व्यवस्थित गर्न अस्पताललाई मर्करी चेम्बर



भीमदत्त नगरपालिकाले महाकाली अञ्चल अस्पतालको शवगृहलाई व्यवस्थित बनाउन मर्करी चेम्बर उपलब्ध गराएको छ ।नगरपालिका कार्यालय र नगरपालिकाको वडा नं ८ ले रु पाँच–पाँच लाखका दरले रकम विनियोजन गरी दुई मर्करी चेम्बर उपलब्ध गराएको हो । अस्पतालको शवगृहमा मर्करी चेम्बरको व्यवस्था भएपछि शवलाई सहज रूपमा राख्न सजिलो भएको छ । मर्करी चेम्बरको व्यवस्था नहुँदा शवगृहमा राखिएका शव गन्हाउने र त्यस क्षेत्र नजिक भएर हिँडनसमेत मुस्किल हुने गरेको थियो ।

“शव कुहिने र गन्हाउने समस्या निराकरण गर्नका लागि मर्करी चेम्बरको व्यवस्था गरिएको छ”, नगरप्रमुख सुरेन्द्र विष्टले भने । निर्वाचनका बेला अस्पताल सुधारका लागि कार्य गर्ने प्रतिबद्धताअनुरुप कार्य गरिएको उनले बताए । अझै अस्पताल सुधारका लागि नगरपालिकाले सक्दो सहयोग उपलव्ध गराउने उनको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्