Logo
|
Sunday 27th October 2024
Logo

epaper

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि ग्रान्डी अस्पताल भर्ना



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि धापासीस्थित ग्रान्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि उहाँलाई आज बिहान ९ बजे अस्पताल ल्याइएको थियो । प्रधानमन्त्रीका निजी चिकित्सक वरिष्ठ नेफ्रोलोजिष्ट प्रा.डा. दिव्या सिंह शाहको टिम प्रधानमन्त्री ओलीको उपचारमा खटिएको छ । प्रधानमन्त्री ओलीको सघन उपचार कक्षमा भर्ना गरेर उपचार भइरहेको छ । अस्पतालका निर्देशक एवं वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. चक्रराज पाण्डेले प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण भइरहेको र अवस्था समान्य रहेको जानकारी दिनुभएको छ । प्रधानमन्त्री ओलीलाई ज्वरो, टाउको दुख्नेलगायतका विभिन्न समस्याहरु देखिएकाले थप परीक्षणहरु भइरहेको जनाइएको छ । प्रधानमन्त्री ओलीको १२ वर्षअघि २०६४ सालमा भारतको एपोलो हस्पिटलमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । प्रत्यारोपणपछि नियमित औषधि सेवन गर्दै आउनुभएका ओलीको स्वास्थ्यमा बेलाबेलामा समस्या देखिने गरेको छ । गत भदौको पहिलो साता सिंगापुरमा दुई हप्ताको अवधि लगाएर प्लाज्माफेरेसिस गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्