Logo
|
Sunday 27th October 2024
Logo

epaper

प्रधानमन्त्रीको दोस्रोपटक डायलाईसिस्, मिर्गौला प्रत्यारोपण गर्ने कि डायलाईसिसमा रहने भन्ने जानकारी आउन बाँकी



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बिहीबार (कात्तिक १४) दोस्रो डायलाईसिस गरिएको छ । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार (कात्तिक १३) गते बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल पुर्याइएको हो । अति सघन उपचार कक्ष (आईसियू) मा राखेर उपचार भइरहेको र डायलाईसिसको क्रममा संक्रमण भएपछि उहाँको बिहीबार पनि डायलाईसिस सम्पन्न भएको छ । प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा. दिव्या सिंहलगायतका चिकित्सक टोली उहाँको उपचारमा संलग्न छ । अस्पतालका मेडिकल डाइरेक्टर चक्रराज पाण्डेले मन्त्री र नेताको भिड कम गर्न आईसियूमा राखेको बताउनुभएको छ ।
बुधबार अपरान्ह प्रधानमन्त्री भेट्न पुगेका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्रीको २ पटक डायलाईसिस भइसकेको बताउनुभएको छ । नियमित डायलाईसिस गर्ने वा नगर्ने भन्ने बारे चिकित्सकहरुले जानकारी बाहिर ल्याएका छैनन् । प्रधानमन्त्री आज बालुवाटार फर्कनसक्ने सम्भावना रहेको छ । प्रधानमन्त्रीको स्वास्थ्य वस्थाबारे सर्वत्र चिन्ता र चासो बढिरहँदा स्वास्थ्य परीक्षण तथा उपचारको वास्तविक अवस्था बाहिर नल्याउनुलाई आश्चर्य मानिएको छ । प्रधानमन्त्री ओली ग्रान्डीको १४ औं तलाको आईसियूमा राखिएको छ ।
प्रधानमन्त्री ओलीको १२ वर्ष अगाडि २०६४ सालमा भारतको अपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो । मिर्गौला प्रत्यारोपणपछि उनले नियमित औषधि खाँदै आउनुभएको छ ।
भदौंको पहिलो साता प्रधानमन्त्री ओलीको सिंगापुरमा २ हप्ताको समय लगाएर प्लाज्माफेरेसिस गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्