Logo
|
Sunday 27th October 2024
Logo

epaper

प्रधानमन्त्री अस्पतालबाट आज डिस्चार्ज, अस्पतालले निकाल्यो यस्तो विज्ञप्ति



जनस्वास्थ्य सरोकार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारपछि अस्पतालबाट डिस्चार्ज हुनुभएको छ । अहिले उहाँको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । उहाँको बिहीबार (कात्तिक १४) दोस्रो डायलाईसिस गरिएको थियो । स्वास्थ्यमा समस्या आएपछि प्रधानमन्त्री ओलीलाई बुधबार (कात्तिक १३) गते बिहान ९ बजे धापासीस्थित ग्रान्डी अस्पताल पुर्याइएको थियो । अति सघन उपचार कक्ष (आईसियू) मा राखेर उपचार गराइएको र डायलाईसिसको क्रममा संक्रमण भएपछि उहाँको बिहीबार दोस्रो डायलाईसिस गरिएको थियो । प्रधानमन्त्रीकी निजी चिकित्सक वरिष्ठ मिर्गौला विशेषज्ञ प्रा.डा. दिव्या सिंहलगायतका चिकित्सक टोली उहाँको उपचारमा संलग्न थिए ।

प्रतिक्रिया दिनुहोस्