Logo
|
Sunday 27th October 2024
Logo

epaper

पाँचमध्ये एउटा आत्महत्यामा विषादीको प्रयोग, विषादी सेवन गरेर हुने आत्महत्या कसरी घटाउने ?

भारत र नाइजेरिया जस्ता देशले श्रीलङ्काको सिको गरुन् भन्ने विश्व स्वास्थ्य संगठनको सुझाव



जनस्वास्थ्य सरोकार, काठमाडौँ १५ कात्तिक । विश्वभर हुने पाँच आत्महत्यामध्ये एउटा कीटनाशक विषादी सेवन गरेर हुन्छ । अर्थात एक वर्षमा एकलाख भन्दा बढी । श्रीलङ्काले केही अतिहानिकारक विषादीलाई प्रतिवन्धित गरेको छ । त्यसबाट आत्महत्याको सँख्यामा उल्लेखनिय कमी आएको छ । सन् १९९५ देखि २०१५ सम्म आत्महत्याको सँख्यामा ७० प्रतिशतले घटेको थियो । अर्थात ९३ हजार जनाको ज्यान जोगिएको थियो । सन् १९८० र १९९० को दशकमा श्रीलङ्कामा आत्महत्याको दर उच्च थियो । त्यो अवधिमा आत्महत्या गर्ने मानिसमध्ये दुइ तिहाइले कीटनाशक विषदी प्रयोग गरेका थिए ।
टक्सिकोलजी एकाइ प्रमुख डा. एन मधुवन्ती हेट्टिआराच्ची भन्छिन् –‘मैले १९९९ मा काम थाल्दा यस्ता घटना एकदमै धेरै हुन्थे । अनि मैले त्यस्ता विष खाएकाहरुले निकै दुःख पाएर ज्यान गुमाएको देखेकी छु ।’ उनले थपिन्– ‘२० वर्ष कटेका एक युवक थिए । यदि मैले विख नखाएको भए यस्तो हुने थिएन भन्दैगर्दा उनको सास रोकियो । यि शब्द म अझै सम्झिन्छु ।’ त्यो एकदमै आकस्मिक निर्णय थियो । उनी आमाबुबालाई तर्साउन चाहान्थे ।
आमासँग झगडा परेपछि प्रमितले पनि विषादी सेवन गरेका थिए । प्रमितकी आमा मुदियान्सेगे कान्तिलता भन्छिन् –‘मकहाँ आएर ‘क्षमा गर्नुहोस् आमा’ भन्दै उनी सँघारमा बसे । मैले उनको टाउको र अनुहार छुँदै भने ‘छोरा तिमी किन यति दुःखी छौँ ? ’ उनले केहि पनि भनेनन् । कान्तिलताले उनलाई हतारहतार अस्पताल लिएर गए । चिकित्सकहरुले उपचार सुरु गरे ।
श्रीलङ्कामा चार जनामध्ये एक जना कृषिकर्ममा संलग्न छन् । साना किसानहरु राम्रो बालीका लागि कीटनाशक विषदीमा भर पर्छन् । केहि किसान सुरक्षित रुपमा विषदीको भण्डारण गर्छन् । सन् १९९० को दशकयता कीटनाशक विषदी सेवन विश्वभरि आधाजतिले घटेको छ । तर विश्व स्वास्थ्य संगठन कीटनाशक विषदीमा थप प्रतिवन्ध चाहन्छ । भारत र नाइजेरिया जस्ता देशले श्रीलङ्काको सिको गरुन् भन्ने संगठनको सुझाव छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्