Logo
|
Sunday 27th October 2024
Logo

epaper

कर्फ्युका कारण कृष्णनगरका स्वास्थ्य संस्थाहरु प्रभावित




जनस्वास्थ्य सरोकार, बुटवल १५ कात्तिक । कपिलवस्तुको कृष्णनगरमा बिहिवारदेखि लागेको कर्फ्युका कारण स्वास्थ्य संस्थाहरु पुर्णरुपमा प्रभावित भएका छन् ।
कर्फ्यु कारण डाक्टर, नर्स तथा मेडिकल पर्सनहरु स्वास्थ्य संस्थामा उपस्थित हुन सकेका छैनन् । स्वास्थ्य संस्थाहरु पुर्णरुपमा बन्द हुँदा बिरामीहरु मर्कामा परेको स्थानियको भनाई छ । बिहिबार दिउँसो ११ बजेबाट लगाइएको कर्फ्यु शुक्रवार पनि जारी रहँदा समस्या थपिदै गएको हो । कृष्णनगरमा लक्ष्मीको मूर्ति विसर्जन गर्ने क्रममा विवाद भएपछि स्थानीय प्रशासनले बिहीबार दिउँसो ११ बजेबाट कर्फ्युआदेश जारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्