Logo
|
Sunday 27th October 2024
Logo

epaper

नेपाल मेडिकल काउन्सिलकाे अध्यक्षमा डा. भगवान काेइराला



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. भगवान कोइराला नियुक्त हुनुभएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले डा. कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको हो। काउन्सिलको अध्यक्षमा डा. कोइरालाको नियुक्तीपछि काउन्सिलमा धेरै सुधार हुने अपेक्षा सरकारले गरेको छ । चिकित्सकको आचार संहिता, लाइसेन्स, सिपिडी, नक्कली डाक्टर लगायतका विषयमा सुधारका काम डा. कोइरालाले गर्न सक्ने भन्दै सरकारले उहाँलाई अध्यक्षमा नियुक्त गरेको स्रोतले जनाएको छ । डा. कोइरालाको कार्यकाल ४ वर्षको हुनेछ।  यसअघि काउन्सिलका अध्यक्ष प्रा.डा. धर्मकान्त बाँस्कोटाको पदावधि सकिएपछि काउन्सिलको अध्यक्ष पद खाली थियो।

 

प्रतिक्रिया दिनुहोस्