Logo
|
Sunday 27th October 2024
Logo

epaper

त्रिवि उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा डा. धर्मकान्त बास्कोटा नियुक्त भएका छन् । प्रधानमन्त्री तथा कुलपति केपी ओलीले आइतबार बास्कोटालाई नियुक्त गर्ने निर्णय गरेको हो।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीमन्त्री गिरिराजमणि पोखरेल नेतृत्वको छनोट समितिले उपकुलपतिका लागि डा. भगवान कोइराला, डा. बास्कोटा, र डा. चन्द्रमणि पौडेलको नाम सिफारिस गरेको थियो।

सअघि मेडिकल काउन्सिल अध्यक्ष पनि रहिसकेका डा. बास्कोटा प्रधानमन्त्रीनिकट मानिन्छन्। त्यसैले उनी उपकुलपति बन्ने अनुमान गरिँदै आएको थियो ।

यससँगै डा. बास्कोटा त्रिविको १९ औं उपकुलपति बनेका छन् । नाक, कान, घाँटीविशेषज्ञ बास्कोटा राष्ट्रपति विद्यादेवी भण्डारीका निजी चिकित्सक समेत हुन्।

प्रतिक्रिया दिनुहोस्