Logo
|
Thursday 26th December 2024
Logo

epaper

१७ औं पटक अनसन बस्न डा. केसी डडेलधुरा पुगे



जनस्वास्थ्य सरोकार, डडेलधुरा । प्रा.डा. गोविन्द केसी अनसन बस्नका लागि डडेलधुरा पुगेका छन् । डा. केसीले सरकारले आफूसँग गरेको सहमति कार्यन्वयन नगरेको भन्दै १७ औं पटक अनसन बस्न लागेका हुन् । केसीले अनसन बस्नुअघि स्वास्थ्य परीक्षण गराएका छन् ।

डा केसीले आफ्नो १७ औं अनसनका लागि केही दिन अघि देखि काठमाडौं मा अनसन स्थलको खोजिमा समेत लागेका थिए । काठमाण्डौमा उचित स्थान नपाएपछि केसी डडेलधुरा पुगेका हुन् ।

चिकित्सा शिक्षाका सुधारका लागि डा केसीले टिचिङ अस्पतालमै २०६९ साल असार २१ गते पहिलो अनशन शुरू गरेका थिए । गत असोज २७ गते उमेर हदका कारण टिचिङबाट अवकाश पाएपछि उनी अहिले अनसन स्थालको खोजिमा लागेका थिए ।

डा केसीले आफ्नो १७ अनसनको माग भने असोज २७ गतेको पत्रकार सम्मेलनमा सार्वजनिक गरेका थिए । उनले यसअघि आफ्ना माग पूरा गर्न सरकारलाई कात्तिक ८ गतेसम्मको अल्टिमेटम दिएका थिए ।

कात्तिक १३ गतेदेखि अनसन बस्ने भने पनि डाक्टर केसीले तिहार र छठलाई लक्षित गर्दै आफ्नो अनसन भोलि १८ गतेका लागि सारेका थिए । आफ्ना मागहरूलाई सरकारले व्यवास्ता गरेको भन्दै डाक्टर केसीले १७ औं अनसन बस्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्