Logo
|
Sunday 27th October 2024
Logo

epaper

त्रिवि उपकुलपतिद्वारा पदभार ग्रहण



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति डा. धर्मकान्त बाँस्कोटाले पदभार ग्रहण गरेका छन् । प्रधानमन्त्रीबाट नियुक्ति पाएको भोलिपल्ट सोमबार अपरान्ह त्रिभुवन विश्वविद्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीले आइतबार ‘सर्च कमिटी’ को सिफारिसमध्येबाट डा‍. बाँस्कोटालाई नियुक्त गरेका थिए । यसअघि त्रिविका उपकुलपति डा तीर्थराज खनियाँको कार्यकाल गत भदौ ५ गते सकिएपछि शिक्षाध्यक्ष डा सुधा त्रिपाठीलाई निमित्त दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्