Logo
|
Sunday 27th October 2024
Logo

epaper

विप्लवका छोराले गरे गोविन्द केसीलाई समर्थन



जनस्वास्थ्य सरोकार, काठमाडौं । मेडिकल शिक्षामा सुधारको माग गर्दै आन्दोलनमा रहेका नेत्रविक्रम चन्द विप्लवका पुत्र प्रकाश चन्द ठकुरीले प्राध्यापक डा. गोविन्द केसीको आन्दोलन र अनशनमा साथ दिने भएका छन् । उनले मेडिकल माफियामाथि कडा कारबाहीको चेतावनी दिँदै आएका छन् । पछिल्लो समय मेडिकल माफियाविरुद्ध आक्रामक रुपमा प्रस्तुत हुँदै आन्दोलन चर्काएका चन्दले यो अभियानमा सबैको साथ पाएको पनि बताएका छन्। केही समय पहिले प्राइम टाइम्स टेलिभिजनमा पत्रकार ऋषि धमलासँग विशेष अन्तवार्ता दिँदै उनले सरकार र मेडिकल माफियाबीच मिलेमतो समेत भएको आरोप लगाएका थिए । त्रिभुवन विश्वविद्यालय अन्र्तगत ८ र काठमाडौं विश्वविद्यालय अन्र्तगत १० वटा कलेजमा मेडिकल माफिया हावी भएको बताए । उनले भने, मेडिकल माफियामाथि कारबाही हुनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्