Logo
|
Saturday 18th May 2024
Logo

epaper

मेघा हस्पिटलमा जेष्ठ नागरिकलाई हरेक सेवामा ५० प्रतिशत छुट



जनस्वास्थ्य सरोकार, ललितपुर । ललितपुरको धोबिघाटस्थित मेघा हस्पिटलले अस्पतालबाट उपलब्ध सबै खालका उपचार सेवामा जेष्ठ नागरिकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको छ । हस्पिटलका अध्यक्ष किशोर जंग राणाले मुलुकमा रहेका धनि गरिब सबै खालका जेष्ठ नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउन हस्पिटलले ५० प्रतिशत छुट दिने घोषणा गरेको जानकारी दिनुभयो । मेघा हस्पिटलले जेष्ठ नागरिका लागि गरेको उपचार छुट सराहनीय भएको जानकारहरु बताउँछन् । हस्पिटलले ओपिडी, बेड, शल्यक्रिया, ल्याबटेष्ट एवं डायग्नोष्टिक लगायत अस्पतालबाट उपलब्ध हुने सबै सेवामा जेष्ट नागरिकहरुलाई ५० प्रतिशत छुटको व्यवस्था मिलाएको अध्यक्ष राणाले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्