Logo
|
Saturday 18th May 2024
Logo

epaper

आँखा स्वास्थ्य उपचारमा पहुँचबिहीन सेवाग्राहीहरुको पहुँच कसरी पुर्याउने ?




यो बिषयमा सेवा ग्राहीहरुको आर्थिक क्षमता, भौगोलिक विकटता र चेतना आदिलाई केलाउन जरुरी हुन्छ भने सेवा प्रदायक संस्थाहरुको पहुँच गाउँगाउँमा पुग्न नसकेको अवस्थामा सेवाबाट सेवाग्राहीहरु बञ्चित हुनुपर्ने अवस्था रहेको छ । भौतिक सुविधा सम्पन्न शहर केन्द्रित उपलब्ध सेवाहरु बढी खर्चीलो हुँदै जानु, गरिबीको रेखामुनी रहेका सेवाग्राहीहरुका लागि पहुँच बिहिनको अवस्था आजको प्रमुख समस्या हो । त्यसैले सबै ठाउँमा सेवाहरुको पंहुँच उपलब्ध हुनुपर्छ । शहर केन्द्रित सेवामुखी संरचनालाई हिमाल, पहाड र तराइका हरेक कुना काप्चाम ाउपलब्ध गराउनुपर्छ । विगत ३ दशकको आँखा स्वास्थ्य सेवाको प्रगतिलाई केलाउँदा सुधार नभएको होइन । आँखा उपचारका भौतिक संरचनाहरु सर्ब जिल्लाको सदरमुकाम सम्म पुगेका छन् । विशेषज्ञ लगायत अन्य आवश्यक जनशक्ति उत्पादन भइरहेका छन् । गुणस्तरीय सेवाका लागि नयाँ प्रविधिहरुको विकास भइरहेकै छ भने सेवाग्राहीहरुको आर्थिक क्षमतामा नगन्य वृदि रहेको पाइन्छ । तर पनि आजको मुख्य पहुंँचको बिषय भनेकै सेवा संरचना, जनशक्ति र प्रविधिको विकासमा समतामुलक बाँडफाँड ९भत्रगष्तबदभि मष्कतचष्दगतष्यल०नहुनु नै प्रमुख बिषय हो । यसका लागि नीति तथा कार्यक्रमबाट सम्वोधन गर्न जरुरी छ ।
कस्तो नीति अवलब्न भएमा पहुँच बिहीनहरुको पहुँच पुग्न सक्छ ?
आँखा स्वास्थ्यको समस्या स्वाथ्यको समस्या मात्र नभई यो मुलत सामाजिक र आर्थिक समस्या नै हो । यो समस्या समाधान हुँदै जाँदा देशको समग्र विकासले फड्को मार्न सक्छ । जन्मेपछि आँखा देख्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार भएकाले हाम्रो जीवनशैलीमा प्रगति भएपछि व्यक्ति, परिवार, समाज र सिंगो राष्ट्रलाई नै महत्वपूर्ण योगदान दिन सक्छ । त्यसैले राज्यले आँखा स्वास्थ्यमा लगानी बढाउनुनै पर्छ चाहे त्यो बाहिरी सहयोगी संस्थाबाट होस् या निजी, कल्याणकारी संघ संस्था वा सरकारी निकायवाट किन नहोस् । आँखा स्वास्थ्यलाई नीतिगत रुपबाट सम्वोधन गर्न सरकारको राष्ट्रिय स्वास्थ्य नीति २०७६ मा आँखाको प्राथमिक उपचार सेवालाई आधारभुत स्वास्थ्य सेवामा एकिकृत गर्ने, सार्वजनिक, निजी, साझेदारी आँखा स्वास्थ्य सेवालाई विकास तथाविस्तार गर्दै केन्दि«य निकायबाट समन्वयन, सहकार्य तथा नियवन गर्नका लागि संघीय स्वास्थ्य मन्त्रालयमा एक आँखा स्वास्थ्य इकाई स्थापना गरिने उल्लेख छ । उक्त नीतिको लागि हाल कार्यनीति बनाउने काम भइरहेको छ ।
कस्तो रणनीति आएमा गाउँका असाहय व्यक्तिको उपचारमा पहुँच पुग्नसक्छ ?
आँखा स्वास्थ्य नीतिलाई कार्यान्वयन गर्न भरपर्दो कार्य नीति बनाउनुपर्छ र विगतदेखि नियाल्दा अन्य चिकित्सा विधाको तुलनामा आँखा चिकित्सा विधाको प्रगति राम्रो छ । यसमा आँखा सम्बन्धि काम गर्ने गैरसरकारी संस्थाहरुको योगदान महत्वपूर्ण छ । ‘दृष्टी सबैको अधिकार’ को सोच अनुसार विश्व स्वास्थ्य संगठनले १९९९ मा भिजन २०२० को विश्वव्यापी कार्यक्रम लिएपछि नेपालले पनि आँखा स्वास्थ्यको लागि २० वर्षे कार्ययोजना बनायो । आँखाको छुट्टै स्वास्थ्य नीति नभएपनि स्वास्थ्य नीति अन्तर्गत आँखा आधारभूत स्वास्थ्य भित्रै परेको हुनाले हाल २० वर्षे कार्ययोजना (एक्सनप्लान २००२ देखि २०१९)मा छौं । जस अन्तरर्गत २०१४ सम्ममा नेपालका प्रत्येक जिल्लामा कम्तिमा पनि एउटा सामुदायिक आँखा केन्द्र खोल्ने उद्देश्य थियो जुन समय सिमाभित्र पूरा भएका छन् । सबै जिल्ला सदरमुकामहरुमा आँखाउपचारका सेवाहरु पुगेको भएपनि गाउँ तह सम्म पुग्न सकेको छैन ।
स्थानीय सरकारले आफ्नो स्वास्थ्य कार्यक्रमहरुमा आँखा स्वास्थ्य गाउँ तथा नगरपालिका भित्र रहेका आफ्ना वडाहरुमा आँखा कार्यक्रम जाने भौतिक संरचना बनाउनुपर्छ । यस प्रकारको भौतिक संरचनामा नेत्र सहायकको दरवन्दी बढाउनुपर्छ । अहिले वर्षमा ३ सयको हाराहारीमा नेत्र सहायक उत्पादन भइरहेका छन् । उनीहरु गाउँतह सम्म पुगेर सेवा प्रदान गर्न सक्छन् । उनीहरुलाई वर्क फोर्सका रुपमा काम लगाउनुपर्छ । नेत्र विशेषज्ञहरुको उत्पादन वर्षमा ३० जनाको हाराहारीमा भइरहेको छ । अप्टोमेट्रिष्टहरुको संख्या पनि बढिरहेको छ । यस्ता जनशक्ति स्थानीय सरकारले परिचालन गर्नुपर्छ । सेवाग्राहीहरुका लागि सामाजिक स्वास्थ्य सुरक्षा अन्तर्गत स्वास्थ्य बीमामा सबैलाई समाहित गराएर सेवाग्राहीहरुलाई सर्वसुलभ तथा निःशुल्क आँखा सेवा उपलब्ध गराउन सकिन्छ । सरकारले विगत ६ वर्षदेखि यो सेवा धेरै जिल्लामा शुरु गरेको छ । बीमालाई हरेक टोलटोलमा लागू गर्नुपर्छ । यो असहाय समुदायमा पुग्नुपर्छ । अहिले वर्षमा ३ हजार ५ सय तिरेपछि परिवारका पाँचजना सदस्यले १ लाख रुपियाँसम्मको स्वास्थ्य सुविधा तोकिएको स्वास्थ्य संस्थाबाट निःशुल्क प्राप्त गर्न सक्छन् । त्यसैले स्वास्थ्य बीमालाई जोड दिनुपर्छ । रणनितिमा निम्न बिषय सम्वोधन हुन आवश्यक छ ।
– दक्ष तथा सेवामुखिजन शक्तिउत्पादन
– दिगो वातावरणिय प्रविधिको बिकाश
– तथ्यमा आधारित सुचनाका लागि अनुसन्धानमा जोड
– गुणस्तरीय साथै व्यापक सेवामा जोड
– आर्थिक विपन्नताहरुको लागि निःशुल्क र सक्नेहरुका लागि सर्वशुलभ सेवामा जोड
– आँखा स्वास्थ्य सेवालाई राज्यबाट आर्थिक तथा सामाजिक विकासको मुख्य बिषय बनाउँदै स्रोत साधनहरुको समतामुलक वाँडफाँडमा जोड दिने ।(राई तिलगंगा आँखा प्रतिष्ठानमा कार्यक्रम निर्देशक हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्