Logo
|
Thursday 25th April 2024
Logo

epaper

दृष्टि सम्वन्धी विश्वव्यापी प्रतिवेदन



जनस्वास्थ्य सरोकार, काठमाडौँ । विश्व स्वास्थ्य संगठनले विश्व दृष्टि दिवसको एक दिन अगाडि ९ अक्टोबर २०१९ मा विश्वव्यापी प्रतिवेदन सार्वजनिक गरेको छ । दृष्टि सम्वन्धि यो विश्व प्रतिवेदनले विश्वव्यापी रूपमा आँखा स्वास्थ्य सेवालाई सुदृढ पार्न बढी जागरूकता, राजनीतिक इच्छा शक्ति र लगानी वृद्धिको आवश्यकता औँल्याएको छ । प्रतिवेदनले आँखा सेवा प्रदान गर्ने क्षेत्रमा महत्वपूर्ण चुनौतिहरु सम्बोधन गर्न ठोस प्रस्तावहरु राखेको छ । यसको प्रमुख प्रस्ताव ‘व्यक्ति केन्द्रित आँखा हेरचाह’ भित्र सम्मिलित मजबूत प्राथमिक स्वास्थ्य सेवामा आधारित एकीकृत स्वास्थ्य प्रणाली हो ।

रिपोर्टको मुख्य निष्कर्ष

-मुख्य रूपमा २.२ बिलियन भन्दा बढी मानिसको दृष्टि कमजोर छ ।
– ती मध्ये कम्तिमा १ बिलियन मानिसमा दृष्टि दोष छ जुन रोकथाम गर्न सकिन्थ्यो तर यसको अझसम्म उपचारको पहुँच पुगेको छैन ।
सब भन्दा ठूलो चुनौती भनेको हामी अझै पनि समस्याको एकिन परिमाण जान्दैनौं ।

आँखा स्वास्थ्यमा असमानता
धेरैजसो आँखाको समस्या र दृष्टि कमजोरीको समस्या सामान रुपमा ब्याप्त छैनन् । यो समस्या निम्न र मध्यम आम्दानी भएका देश, ग्रामीण समुदाय, पाको उमेर, महिला, जातिय अल्पसंख्यक तथा आदिवासीमा बढी परिमाणमा पाइएको छ ।

बढ्दो विश्वव्यापी माग
जनसंख्या वृद्धि, बृद्घ व्यक्तिहरुको जनसंख्या वृद्धि र जीवनशैलीमा आएको परिवर्तनका कारण आँखा स्वास्थ्य सेवाको माग सन् २०५० सम्ममा विश्वव्यापीरुपमा तीन गुणाले बढ्ने अनुमान छ । स्वास्थ्य प्रणालीमा यो ठूलो चुनौति हो ।

युनिभर्सल हेल्थ कवरेज र दिगो विकास लक्ष्य
विश्वव्यापी रिपोर्टले मान्यता दिएको छ कि युनिभर्सल हेल्थ कभरेज (दिगो विकास लक्ष्य ३.८) मा व्यक्ति केन्द्रित आँखा हेरचाह समावेश भइसकेको छ र स्वस्थ्य जीवनयापन र गुणस्तरीय स्वास्थ्यमा दिगो विकास लक्ष्य प्राप्तीका लागि यसले प्रमुख भूमिका निर्वाह गर्नेछ । त्यसैले आँखा स्वास्थ्यले दिगो विकास लक्ष्य नं १, दिगो विकास लक्ष्य नं २, दिगो विकास लक्ष्य नं ४, दिगो विकास लक्ष्य नं ५, दिगो विकास लक्ष्य नं ८, दिगो विकास लक्ष्य नं १० र दिगो विकास लक्ष्य नं १३ लाई महत्वपूर्ण प्रभाव पार्नेछ ।

रिपोर्ट सिफारिसहरू एकीकरण
यस प्रतिवेदनको प्रमुख प्रस्ताव भनेको राष्ट्रिय स्वास्थ्य सेवामा आँखा स्वास्थ्यलाई आधारभूत स्वास्थ्य सेवाको रुपमा समाहित गर्ने रहेको छ । आँखा स्वास्थ्य समग्र स्वास्थ्य रणनीतिको एक हिस्सा हुन अति आवश्यक छ । (समग्र स्वास्थ्य योजनामा आँखा स्वास्थ्य सेवा अलग वा समानन्तर रुपमा विकास हुन हुँदैन । )

ब्यक्ति केन्द्रित एकीकृत आँखा हेरचाह
आँखा स्वास्थ्य सेवा जनता केन्द्रित हुनु आवश्यक छ । त्यसैले आँखा स्वास्थ्यको सम्बोधनमा प्रेरित, रोकथाम, उपचार र पुनस्र्थापनाले निरन्तरता पाउनुपर्छ ।

सूचना तथा तथ्याङ्क
हाल तथ्याङ्कमा भएका कमी तथा अभावलाई सम्बोधन गर्न आवश्यक छ । यसबाट सेवाहरुको योजना बनाउन, प्रगतिलाई प्रभावकारी अनुगमन गर्न र पहँुच नपुगेकामा आँखा स्वास्थ्यको आवश्यकताहरुलाई व्यवस्थित गर्न मद्धत पुग्नेछ ।

वित्तीय कठिनाई
आँखा सेवा प्राप्त गर्न कुनैपनि ब्यक्तिलाई वित्तिय कठिनाई वा तघारो हुन नदिइ सेवालाई सर्वसुलभ वनाउन आवश्यक छ ।

समन्वय
सामाजिक सेवाहरू, वित्त, शिक्षा, श्रम, र निजी क्षेत्र सहित सबै क्षेत्रहरूमा आँखा स्वास्थ्यको व्यवस्थापनको लागि समन्वय हुनु आवश्यक छ ।
(सापकोटा इन्टरनेशनल एजेन्सी फर द प्रिभेन्सन अफ ब्लाइन्डनेसको दक्षिण पूर्वी एसिया हेर्ने क्षेत्रीय संयोजक हुनुहुन्छ । )

प्रतिक्रिया दिनुहोस्