Logo
|
Saturday 18th May 2024
Logo

epaper

ॐ अस्पतालले खुर्कोटमा सञ्चालन गरेको निःशुल्क स्वास्थ्य परीक्षणबाट ५ सय स्थानीयबासी लाभान्वित

अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा बिशेषज्ञता सेवा पुर्याउने अभियान



जनस्वास्थ्य सरोकार, खुर्कोट सिन्धुली । काठमाडौंको चावहिलस्थित ॐ अस्पताल एण्ड रिसर्च सेन्टरले सिन्धुलीको खुर्कोटमा सञ्चालन गरेको बृहत स्वास्थ्य परीक्षण शिविरबाट एकै दिनमा ५ सय भन्दा बढीले निःशुल्क स्वास्थ्य परीक्षण सुविधा प्राप्त गरेका छन् ।
सिन्धुलीको गोलन्जोर गाउपालिका वडा नं. ७ अन्तर्गत खुर्कोटमा रहेको सुनकोशी सामुदायिक अस्पतालसँगको सहकार्यमा संचालित सो शिविरमा ॐ अस्पतालका सिनियर कन्सल्ट्यान्ट फिजिसियन डा. बिश्वनाथ (बि.एन) कोइरालाको नेतृत्वमा जनरल फिजिसिन, जनरल सर्जरी, गाइनेकोलोजी (स्त्री तथा प्रसुती रोग) लगायतको सेवा उपलब्ध गराउनुका साथै एक्स—रे, अल्ट्रासाउण्ड , प्याथोलोजी लगायतका सेवासमेत उपलब्ध गराइएको थियो । सो अवसरमा आवश्यक औषधिहरुसमेत निःशुल्क उपलब्ध गराइएको थियो ।
सो बृहत स्वास्थ्य परीक्षण शिविरमा सिन्धुलीको गडतिरक्षेत्र सुनकोशी, गोलन्जोर, फिक्कल गाउपालिका, रामेछाप र ओखलढुंगा लगायतका ठाँउबाट बिरामीहरु आएका थिए । शिविरकै अवसरमा अस्पतालले जनचेतनाका लागि स्वास्थ्य सम्बन्धि लेख,रचना, अन्तर्वार्ता लगायतका बिबिध सामग्रीहरु समेटेर प्रकाशन गरेको ॐ अस्पतालको स्मारिका शुश्रुषा र ॐ अस्पतालको मासिक न्यूजलेटर ‘हेल्थ प्लस’ सँगै अस्पतालमा उपलब्ध सेवा सामग्री तथा अस्पतालको प्रिभेन्टिभ हेल्थ केयर क्लिनिक ॐ वेलनेश क्लिनिकबारे महत्वपूर्ण जानकारी समेटिएका समग्रिहरु समेत बितरण गरिएको थियो ।

अस्पतालको संस्थागत सामाजिक उत्तरदायित्व नियमित कार्यक्रम अन्तर्गत स्वास्थ्य उपचार सेवा सहज नभएका स्थानमा बिशेषज्ञता सेवा पुर्याउने अभियानको निरन्तरताको रुपमा यो निःशुल्क शिविर आयोजना गरिएको ॐ अस्पतालका प्रबन्ध सञ्चालक बाबुकाजी कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्