Logo
|
Saturday 20th April 2024
Logo

epaper

जाँच र जीवनशैली



‘ल्याव रिपोर्ट फरक आयो’ भनेर विवाद हुने गरेका घटना बेलाबेलामा सार्वजनिक हुने गरेका छन् । तर त्यसमा प्याथोलोजिष्टको मात्र भूमिका हुँदैन । कतिपय परीक्षण बिरामीको क्रियाकलापमा भर पर्छ । अस्पतालमा दैनिक सयौं नमूना परीक्षण हुने भएकाले ‘दोहोरिएर सोच्नु नपरोस्’ भनेर डबल चेकअपको व्यवस्था मिलाइएको हुन्छ ।
एक हजार व्यक्तिको नमुना परीक्षणमा दश जनाको रिपोर्टमा तलमाथि भएमा दश जनाको रिपोर्टलाई मानक बनाउन हुँदैन । ‘एउटा प्याथोलोजिष्टले कसरी काम गर्छ’ र ‘ कुन विधि अपनाएको छ ?’ भन्ने कुरामा ख्याल गर्नुपर्छ ।
बिरामीको अवस्था अनुसार आफूलाई शंका लागेमा दोहो¥याएर परीक्षण गर्नुपर्छ । रिपोर्ट फरक आउनमा बिरामीको खानपान र जीवनशैलीले ठूलो भूमिका खेलेको हुन्छ । जस्तैः रगतको नमूना लिँदा उसले के खाएर आएको छ ? भन्ने कुराले पनि महत्व राख्छ । थायराइडको नमुना परीक्षण गर्दा बिहान, बेलुका र दिउँसोको रिपोर्ट फरक आउँछ । कुनै नमुना खाली पेटमा दिनुपर्छ भने कुनै खाना खाएर । त्यस्तै कुनै चाँही औषधि खाएर । त्यसैले विरामीले यी माथिका कुरा अनुशरण गरेमा मात्र ल्याब रिपोर्ट र उपचार दुवै सही हुन्छ र विदेशमा महँगो खर्च गरेर जान जरुरत पर्दैन ।
गुणस्तर परीक्षण ?  
गुणस्तर कायम नगरी ल्याबमा परीक्षण हुँदैन । हरेक दिन काम सुरु गर्नुभन्दा पहिला उपकरणको अवस्था थाहा पाउन क्वालिटी कन्ट्रोल परीक्षण गरेर मात्र नमुना परीक्षण सुरु हुन्छ । यसो गर्दा गर्दै पनि कहिलेकाँही ल्याब रिपोर्टमा इरर आएमा व्यक्तिको खानपान र जीवनशैली गडबड हुनसक्छ । त्यसैले हरेक विरामीले आफ्नो विगतको समस्या र वर्तमानको अवस्था चिकित्सकलाई अवगत गराउनुपर्छ । यसका साथै कुनै अस्पताल वा ल्याबले परीक्षणका क्रममा आवश्यक विधि र प्रक्रिया अवलम्बन गरेनगरेको कुरामा पनि ध्यान दिनुपर्छ ।
अरु कुरा त सबै विरामीमै भरपर्ने कुरा हो । यसको अनुगमन गर्ने सरकारी निकाय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला छ । यसले पनि यी कुराको अनुगमन गरिरहेको छ । र यसलाई अझ बढी नै अनुगमन गरोस् । स्वचालित मेशीन÷उपकरण आएका छन् अहिले हामीले हातले गर्नुपर्दैन । तर हामीलाई यति राम्रोसँग काम गर्दा पनि कुरा नबुझी गाल पाउँदा भने दुःख लाग्छ ।

प्रतिक्रिया दिनुहोस्