थप तीन जनामा कोभिड १९ संक्रमण पुष्टि, मुलुकमा संक्रमितको संख्या ५७ पुग्यो
जनस्वास्थ्य सरोकार, काठमाडौं । काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाव परीक्षणमा थप तीन जना पुरुषमा कोभिड १९ पोजेटिभ भेटिएको छ । यो सँगै मुलुकमा कोभिड १९ कोरोना भाइरस संक्रमितको संख्या ५७ पुगेको छ ।
नारायणी अस्पतालका अनुसार, बाराका दुई जना र पर्साका एक जनामा कोभिड १९ पोजिटिभ देखिएको हो । उनीहरुको उमेर क्रमश ५०, ४६ र ३१ वर्षको छ ।
उनीहरुको वीरगन्जबाट स्वाब संकलन गरी टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो ।
हालसम्मका कोभिड १९ संक्रमित भएकामध्ये १६ जना उपचारपछि घर फर्किसकेका छन् ।