Logo
|
Sunday 29th December 2024
Logo

epaper

पर्सामा थप एकजनामा कोभिड-१९ भेटियो, मुलुकमा संक्रमितको संख्या ५८ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । पर्साको वीरगञ्ज महानगरपालिकामा थप एक जनामा कोभिड १९ कोरोना भाइरस संक्रमित भेटिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्रोतका अनुसार, वीरगञ्ज महानगरका सफाइ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको हो । यो सँगै मुलुकमा कोरोना संक्रमितहरुको संख्या ५८ पुगेको छ । १६ जना निको भएर घर फर्किएका छन् ।

गत आइतबार बीरगञ्जका सफाइ नाइकेमा कोरोना संक्रमण पुष्टी भएँगै उनको सम्पर्कमा आएकाहरुको परीक्षण गर्दा थप एकजनामा संक्रमण फेला परेको हो ।
बुधबार मात्र वीरगञ्जका एक र बाराका दुई जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमितहरू जीतपुर सिमरा उपमहानगरपालिकाका ४३ वर्षीय, सिम्रौनगढ नगरपालिकाका ३१ वर्षीय र वीरगञ्ज—२ छपकैयाका ४६ वर्षीय पुरुषहरू रहेका छन् । उनीहरु तीनै जना दिल्लीमा तबलिगी जमातको धार्मिक सभामा सहभागी भएर फर्किएका थिए ।

प्रतिक्रिया दिनुहोस्