क्यान्सर पीडित वलिउड चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा निधन
जनस्वास्थ्य सरोकार, काठमाडौं । वलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा आज निधन भएको छ । उनी बुधबार राति मुंबईको एच.एन. रिलायंस फाउन्डेसन अस्पतालमा भर्ना भएका थिए ।
ऋषि कपुर क्यान्सरबाट पीडित थिए र पछिल्ला दिनहरुमा सास लिन निकै समस्या भएको थियो । ऋषि अमेरिकामा करिब एक वर्ष जति क्यान्सरको उपचार गरेर गत वर्षको डिसेम्भर महिनामा घर फर्किएका थिए । उनमा छातिको संक्रमण, सास लिन निकै समस्या र हल्का ज्वरोको समस्या थियो ।
चिकित्सकहरुले उनमा कोरोना टेष्ट गर्न पनि सुझाएका थिए । अस्पतालका दुई जना विशेषज्ञ चिकित्सक ऋषिको उपचारमा खटिएका थिए ।
ऋषि कपुरको सन् २०१८ मा क्यान्सर भएको पत्ता लागेको थियो ।
ऋषि लकडाउन भन्दा पहिला फेब्रुअरी महिनामा दुई पटक अस्पताल भर्ना भइसकेका थिए ।
ऋषि कपुर दिग्गज अभिनेता राज कपुरका छोरा हुन । उनले सन् १९७३ मा बबी फिल्मबाट आफ्नो फिल्मी करियर शुरु गरेका थिए । उनले ‘श्री ४२०’ र ‘मेरा नाम जोकर’ मा बालकलाकारको भूमिका निर्वाह गरेका थिए । उनले अन्तिम फिल्म द बडीमा काम गरेका थिए । प्राय सामाजिक सञ्जालमा सक्रिय हुने उनले दीपिका पादुकोणसँग हलिउडको हिन्दी रिमेक फिल्म ‘द इन्टर्न‘ मा काम गर्ने बताएका थिए ।