Logo
|
Tuesday 21st May 2024
Logo

epaper

नेपालमा संक्रमित र सम्भावित संक्रमित २७२ जना आइसोलेसनमा, राजधानीमा तरकारी व्यवसायी र सफाइकर्मीको परीक्षण शुरु



जनस्वास्थ्य सरोकार, काठमाडौं । हालसम्म मुलुकमा २७२ जनाको ‘आइसालेसन’ मा राखेर उपचार भइरहेको छ । आइसोलेसनमा संक्रमित व्यक्ति र सम्भावित संक्रमित व्यक्तिहरु चिकित्सकीय निगरानीमा राख्ने गरिन्छ । यसमध्ये काठमाडौं उपत्यकामा ६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ ।

मुलुकमा पिसिआर र आरडिटी दुवै विधिबाट परीक्षण भइरहेको छ । हालसम्म पिसिआर विधिबाट गरिएको परीक्षण संख्या २२ हजार ६६४ पुगेको छ । पिसिआर परीक्षण शुरु गरेको माघ १४ गतेबाट हो ।

आरडिटी विधिबाट हालसम्म ६२ हजार ३२७ नमुना परीक्षण भएका छन् । आरडिटी विधिबाट परीक्षण शुरु गरिएको चैत्र १९ गतेदेखि हो ।
बिहीबारसम्म मुलुकभर १५ हजार ६०० क्वारेन्टाइनमा रहेका छन् । आज प्रदेशन नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशमा हवाइ मार्गहरुबाट १४ हजार ७ सय थान आरडिटी, ७ हजार थान भिटिएम र पिपिइका स्वास्थ्य सामाग्रीहरु पठाइएको छ । यसले परीक्षणका दायरा बढ्ने र स्वास्थ्यकर्मीलाई आवश्यक पर्ने सुरक्षा सामाग्रीहरु उपलब्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
विभिन्न २८ जिल्लामा परीक्षण गर्ने योजना रहेको छ । ति जिल्लाहरु प्रदेश नम्बर १, २, ५, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका जिल्लाहरु रहेका छन् ।
आज काठमाडौं महानगरपालिका वडा नम्बर १३ अन्तर्गत पर्ने विभिन्न फलफूल र तरकारीका समितिहरुका हाताहरु, विभिन्न व्यवसायीहरु, ढुवासीसँग सम्बन्धि व्यक्ति, सरसफाई गर्ने व्यक्तिहरुलाई केद्रित गरी ३०० बढीको पिसिआर र ७ सय बढीको आरडिटी गर्ने लक्ष्यसहित स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतका सम्बन्धित महाशाखा र नेपाली सेनाका स्वास्थ्यकर्मीहरुसहितको टोलीहरु सो स्थानमा परिचालन भएको छ ।

बिहीबार ३ जनामा काठमाडौ.का ३२ वर्षीय पुरुष, कपिलवस्तुका ६ वर्षीया महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र नवलपरासीका ४९ वर्षीय पुरुषको भरतपुर अस्पतालको प्रयोगशालामा कोभिड १९ पोजेटिभ देखिएपश्चात् कुल संक्रमितको संख्या २४६ पुगेको छ । जसमध्ये १९८ जना पुरुष र ४८ जना महिला रहेका हुन्छन् । अहिलेसम्म ३५ जना निको भएर घर फर्किसकेका छन् ।

संक्रमितहरु २० वर्षदेखि ५० वर्ष उमेर समूहका बढी रहेका छन् । नेपालका ७७ मध्ये २२ जिल्लामा सङ्क्रमित भेटिएको बताउँदै मन्त्रालयले सुरक्षित रहन मन्त्रालयले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्