मुलुकमा कोभिड १९ संक्रमित संख्या २३ सय पुग्यो, ६४ जिल्लामा फैलियो संक्रमण
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बुधबार २०१ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २३ सय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमा पुरषहरु २१ सय ३० जना र महिला १७० जना रहेका छन् ।
हाल १ लाख ५५ हजार ८६८ जना क्वारेन्टाइनमा रहेका छन् ।
हालसम्म पीसीआर विधिबाट ८० हजार २ सय ६७ र आरडीटी विधिबाट १ लाख २० हजार ३ सय ७९ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ९ सय २४ र आरडीटी विधिबाट ४ हजार ३४ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
तेर्ह्रथुम, ताप्लेजुङ र पाँचथरमा नयाँ संक्रमण देखिएसँगै मुलुकमा संक्रमण देखिएका जिल्लाहरुको संख्या ६४ पुगेको छ ।
मुलुकमा कोरोना जित्नेहरुको संख्या २७८ पुगेको छ । यसमा २२२ पुरुष ५६ जना महिला रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रादयका प्रवक्ता डा. विकास देवकोटाले बताउनुभयो ।
नेपालमा कोभिड १९ संक्रमण भएका व्यक्तिहरुमध्ये मृत्यु हुनेको संख्या ९ पुगेको छ ।