स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दीपेन्द्र रमण सिंह, आपूर्ति महाशाखामा डा. खरेललाई ल्याइयो
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा. दिपेन्द्र रमण सिंहलाई सरुवा गरेको छ । सिंह मन्त्रालयका १२ औं तहका कर्मचारी हुन् ।
यसअघिका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठलाई कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिमा सरुवा गरिएको छ । यसैगरी आपूर्ति महाशाखाको निर्देशकमा राष्ट्रिय एड्स तथा यौन रोग केन्द्रका डा. रमेश खरेललाई ल्याइएको छ । यसअघिका आपूर्तिका निर्देशक डा.भोगेन्द्र प्रसाद डोटेललाई मन्त्रालय सरुवा गरिएको छ ।
स्वास्थ्य सामग्री खरीदमा विवादमा मुछिएको मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गर्दै ३ जनालाई सरुवा गरेको हो ।
यसअघि मन्त्रालयले स्वास्थ्य सचिव यादव कोइरालालाई सरुवा गरेको थियो ।