Logo
|
Tuesday 16th April 2024
Logo

epaper

स्याङ्गजा, गोरखा, बागलुङ्ग, नवलपरासीमा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ३२७३ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौं । गण्डकी प्रदेशमा थप ३८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार, स्याङजामा १४, गोरखामा १०, बागलुङमा १० र नवलपरासी बर्दघाट सुस्ता पूर्वमा ४ जना नयाँ संक्रमित फेला परेका हुन् ।

यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ३२ सय ७३ जना पुगेको छ । गोरखामा पहिलोपटक संक्रमण देखिएको छ । यो सँगै मुलुकमा संक्रमित जिल्लाहरुको संख्या ७१ पुगेको छ ।

हालसम्म मुलुकमा आइसोलेसनमा दुई हजार ८ सय ५७ जनाको उपचार भइरहेको छ । क्वारेन्टाइनमा १ लाख ६८ हजार ३१ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश छिमेकी देश भारतबाट आएका रहेका छन् ।
मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ६५ पुगेको छ । उनीहरुमध्ये २९९ जना पुरुष र ६६ जना महिला रहेका छन् । यसैगरी नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ पुगेको छ ।
अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन् । हालसम्म पीसीआर विधिबाट ९२ हजार ४ सय ७७ र आरडीटी विधिबाट एक लाख ३७ हजार ४ सय ३५ जनाको नमुना परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्