Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा संक्रमित ४ हजार नाघे, १५ को मृत्यु, ५८४ ले जिते कोरोना



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ३२३ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४ हजार ८५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । त्यसमा पुरुष ४ हजार ७९८ र महिला २८७ रहेको छ ।

मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौमका अनुसार, मंगलबार संक्रमित पुष्टि हुनेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा ३ जना, इलामका १ जना, सुनसरीका १ जना, सप्तरीका ७ जना, चितवनका २४ जना, नवलपुरका १५ जना, धादिङका १ जना, कपिलवस्तुका १० जना, म्याग्दीका १ जना, बागलुङ ११ जना र धनुषाका ४५ जना रहेका छन् । यसैगरी महोत्तरीका ५० जना, सर्लाहीका १ जना, दाङका ६ जना, बाँकेका ९ जना, जुम्लाका २ जना, सल्यानका १२ जना, सुर्खेतका ४ जना, दार्चुलाका १० जना, कन्चनपुरका १९ जना, डडेलधुराका ७ जना, कैलालीका १ जना, रुपन्देहीका २० जना, नुवाकोटका २ जना, रौटहटका २१ जना, सर्लाही १६ जना र सिरहाका १२ जनामा संक्रमण पुष्टि भएको छ ।

चितवनको भरतपुर अस्पतालमा चितवन महानगरपालिका ११ का एक पुरुषको मंगलबार कोरोनाकै कारण मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, उनी सुगर, प्रेसर र निमोनियाबाट ग्रस्त थिए । यो सँगै नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १४ पुगेको छ ।

मंगलबार विभिन्न ठाउँबाट थप ९६ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ५८४ पुगेको छ ।
मुलुकभर १ लाख ६५ हजार ७७५ जना क्वारेन्टाइनमा र ३ हजार ४८७ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको र देशभरका २१ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
हालसम्म पीसीआर विधिबाट १ लाख ६ हजार ३ सय ३१ र आरडीटी विधिबाट एक लाख ६६ हजार १ सय ५८ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ३ सय ५३ र आरडीटी विधिबाट ९ हजार १ सय ६७ जनाको नमुना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्