नेपालमा ६७४ जनाले जिते कोरोना
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा बुधबार थप २७९ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ४ हजार ३६४ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौमका अनुसार, विगत २४ घण्टा गरिएको परीक्षणमा रौतहटका ५३, कपिलवस्तुका ४८, दैलेखका २५, सर्लाहीका २६, धादिङका १६, पाल्पा र कैलालीका १२—१२ र धनुषाका ११ जनामा कोरोना भाइरस देखिएको छ ।
त्यसैगरी सुर्खेतका नौ, मोरङका आठ, रूपन्देहीका सात, प्युठान र सप्तरीका ६—६, नवपलपरासी पश्चिमका पाँच तथा झापा र गोरखाका चार—चार जनामा पनि सङ्क्रमण पुष्टि भएको छ । यसैगरी चितवन, नवलपुर, बाँके, दार्चुला, कञ्चनपुर, डडेलधुरा, नुवाकोट, सिन्धुली र सिराहमा पनि केही व्यक्तिमा संक्रमण देखिएको छ ।
अहिलेसम्म नेपालका ७७ मध्ये ७२ जिल्लामा कोभिड—१९ पुगिसकेको छ । मुलुकमा कोरोनाबाट मर्नेहरुको संख्या १५ पुगेको छ । बुधबार विभिन्न ठाउँबाट थप ९० जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ६७४ पुगेको छ ।
अहिले क्वारेन्टाइनमा १ लाख ७२ हजार २ सय ६६ जना बसेका छन् भने ३ हजार ६ सय ७५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । देशभरका २१ वटा प्रयोगशालाहबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
पीसीआर विधिबाट १ लाख १० हजार ७ सय ४४ जनाको नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट १ लाख ७२ हजार ८ सय ८० को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ४ सय १४ नमुना परीक्षण गरिएको छ भने आरडीटी विधिबाट ६ हजार ८ सय २२ जनाको नमुना परीक्षण गरिएको छ ।