Logo
|
Saturday 27th April 2024
Logo

epaper

बेवारिसे लासमा पनि कोरोना ! अहिलेसम्म १८ जनाको ज्यान गयो, ५,३३५ संक्रमित, ९१३ ले जिते कोरोना



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शनिबार थप २७३ जनामा कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ५ हजार ३ सय ३५ पुगेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा जानकारी गराइएको हो । त्यसमा पुरुष ४ हजार ९४९ र महिला ३८६ रहेका छन् ।

पर्साको वीरगज्जका २५ वर्षीय पुरुषको वेवारिसे शवको स्वाब परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको छ । जेठ २८ गते शव भेटिएपछि उनको नारायणी अस्पतालमा स्वाब परीक्षण गरिएको थियो । शुक्रबार उनको स्वाबको रिपोर्ट पोजिटिभ आएको हो ।
त्यसैगरी बाराको निजगढ नगरपालिका–६ का एक पाँच वर्षीय बालककको कोरोनाकै कारण मृत्यु भएको छ । उच्च ज्वरोका कारण जेठ ३० गते वीरगन्ज हेल्थ केयर अस्पतालमा भर्ना गरिएका उनको स्वाब संकलन गरेर नारायणी अस्पतालमा परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको हो । कोरोना पोजिटिभ रिपोर्ट नआउँदै उनको निधन भइसकेको प्रवक्ता गौतमले जानकारी गराउनुभयो ।
नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १६ पुगेको छ ।

शनिबार बिभिन्न ठाउँबाट थप ३६ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या ९१३ पुगेको छ । यसमा पुरुष ८२२ जना र महिला ९१ जना रहेका छन् ।

मुलुकभर १ लाख ५० हजार ५४९ जना क्वारेन्टाइनमा र ४ हजार ४०४ जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७२ जिल्लामा संक्रमण फैलिएको र देशभरका २४ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
हालसम्म पीसीआर विधिबाट १ लाख २७ हजार २ सय ८८ र आरडीटी विधिबाट १ लाख ९० हजार ५ सय ८२ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ६ सय ६१ र आरडीटी विधिबाट २ हजार ५ सय ३० जनाको नमुना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्