Logo
|
Thursday 28th March 2024
Logo

epaper

पीसीआर परीक्षणमा निजी प्रयोगशालालाई प्रयोग गर्दै स्वास्थ्य मन्त्रालय, प्रति नमुनावापत् ५,५०० भुक्तानी दिने



जनस्वास्थ्य सरोकार काठमाडौं । अब सरकारले निजी प्रयोगशालाहरुलाई पनि पीसीआर विधिबाट कोभिड १९ परीक्षण गराउने भएको छ ।
सरकारले संकलन गरेका नमुना निजी प्रयोगशालाहरुलाई परीक्षण गराउन दिने भएको हो । यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले परीक्षण गरिएका प्रति नमुनावापत् ५ हजार ५ सय रुपियाँ शुल्क निजी प्रयोगशालाहरुलाई भुक्तानी दिने छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वीकृति लिएका पिसिआर परीक्षणका नमुनाहरु आवश्यक प्रक्रिया पूरा गरेका निजी प्रयोगशालाहरुलाई पनि जाँच्न दिने व्यवस्था गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो । उहाँले भन्नुभयो—‘पिसिआर विधिबाट कोभिड १९ परीक्षणका लागि लाग्ने खर्च स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्था गरेको छ ।’

यसैगरी विदेश जानुपर्ने भिसा वा निरोगिताको प्रमाणपत्रका लागि दिने नमुना संकलन वीर अस्पताल, त्रि.वि. शिक्षण अस्पताल, पाटन अस्पतालको ल्याबमा गरिने व्यवस्था मिलाइएको छ । यसका लागि सम्बन्धित व्यक्तिले ५ हजार ५ सय शुल्क तिर्नुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्