पाल्पामा एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संङख्या ४० पुग्यो
जनस्वास्थ्य सरोकार, पाल्पा।आइतवार एकै दिन १७ जनामा कोरोना संक्रमण पुष्टि भए संगै पाल्पामा संक्रमितको संङख्या ४० पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवाले आइतबार साँझ यसको पुष्टि गरेको हो । यस अघि २३ जनामा संक्रमण थियो । जिल्लाको रम्भा गाउँपालिका हुँगीमा रहेको क्वारेण्टाइनमा बसेका १६ जना र बगनासकाली गाउँपालिका घर भई जिल्ला अस्पताल पाल्पाको आइसोलेसनमा उपचार गराइरहेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका निमित्त प्रमुख विश्व न्यौपानेले बताए । थपिएका १७ संक्रमितमध्ये एक १३ वर्षकी बालिका र १६ पुरूष छन् ।