Logo
|
Thursday 25th April 2024
Logo

epaper

नेपालमा वितेको २४ घण्टामा ५८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि, बाँकेमा एक जनाको मृत्यु

संक्रमितको संख्या ७ हजार १ सय नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५८६ जनामा कोरोना भाइरस ( कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै देशका ७३ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ७,१७७ पुगेको छ । जसमा महिला ५३९ र पुरुष ६६३८ रहेका छन । मंगलबार ३८० जनामा संक्रमण देखिएको थियो ।

यसैगरी बुधबार ९ जना संक्रमित निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । निको हुने सबै जना पुरुष रहेका छन् । यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्या १,१६७ पुगेको छ । जसमा पुरुष १०५५ जना र महिला ११२ जना रहेका छन् । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार, नेपालमा कोरोनाकै कारण हालसम्म २० जनाको मृत्यु भएको छ ।

हालसम्म क्वारेन्टाइनमा १ लाख २५ हजार ७९८ जना बसेका छन भने ५ हजार ९९० जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन ।

अहिलेसम्म पीसीआर विधिबाट १ लाख ४९ हजार ७ सय ७२ जना र आरडीटी विधिबाट २ लाख ३३ हजार ५ सय ४३ को नमुना परीक्षण गरिएको छ । विगत २४ घण्टामा ६,०३७ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्