Logo
|
Saturday 21st December 2024
Logo

epaper

साउदी अरबबाट नेपाल फर्किएका एक जनामा मंकिपक्स पुष्टि



नेपाल हेल्थ न्युज, काठमाडौँ । नेपालमा थप एक जनामा मंकिपक्स पुष्टि भएको छ ।

हालै साउदी अरबबाट फर्किएका करिब ३५ वर्षीय युवामा मंकिपक्ससँग मिल्दोजुल्दो लक्षण देखिएपछि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गर्दा उक्त परीक्षणमा मंकिपक्स संक्रमण पुष्टि भएको हो ।

हाल उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको अस्पतालले बताएको छ । यसअघि २०८० साल असारमा विदेशबाट आएकी एक जना ६० वर्षीया विदेशी महिलामा मंकिपक्सको संक्रमण देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्