Logo
|
Saturday 20th April 2024
Logo

epaper

आईओएमको डिनमा डा. दिब्या सिंह शाह नियुक्त



जनस्वास्थ्य सरोकार, काठमाडौँ ।  त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीनमा डा. दिव्या सिंह शाह नियुक्त हुनुभएको छ  ।

त्रिवि कार्यकारी परिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीका निजी चिकित्सकसमेत रहेकी शाहलाई डिनमा नियुक्त गरेको रजिस्टार पेशल दाहालले जानकारी दिनुभयो ।

बुधबार नै प्रा. डा. प्रेम ज्ञवालीको संयोजकत्वमा गठित सर्च कमिटीले शाहसँगै प्रा. डा. प्रदीप वैध र प्रा.डा. उत्तमकृष्ण श्रेष्ठको नाम डिनका लागि  सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्