Logo
|
Friday 29th March 2024
Logo

epaper

गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण



जनस्वास्थ्य सरोकार, पोखरा। गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा थप २० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, क्षयरोग उपचार केन्द्र, जनस्वास्थ्य प्रयोगशाला हैटौंडा र भरतपुर अस्पतालमा भएको परीक्षणबाट थप २० जनामा कोरोना पुष्टि भएको हो ।

लमजुङको दूधपोखरी, सुन्दरबजार र राईनासका पाँच जना पुरुष, पोखरा महानगरपालिकाका एक महिलासहित चारजना, गोरखाको आरुघाटका एक पुरुष र भीसेनथापा गाउँपालिकाकी एक महिला छन् ।

यस्तै, नवलपरासी बर्दाघाट सुस्तापूर्वका चार पुरुष, बागलुङ काठेखोलाका दुई पुरुष, म्याग्दीको बेनी र मंगलाका दुई पुरुष र तनहुँ सुक्लागण्डकीका एक पुरुष छन् । योसँगै गण्डकीमा कोरोना संक्रमितको संख्या एक हजार १४९ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्