Logo
|
Thursday 18th April 2024
Logo

epaper

बिना गुणस्तर परीक्षण र दर्ता सेनेटाइजर आयात र उत्पादन गर्न दिने निर्णयको एपोनद्धारा घोर विरोध, ३ दिनभित्र निर्णय फिर्ता लिन माग



 

जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाली औषधि उद्योगहरुले सजिलै उत्पादन र आपूर्ति गरिरहेको सेनेटाइजरको दर्ता समयाबधि ३ महिना थप गरिएकोमा नेपाल औषधि उत्पादक संघ (एपोन) ले घोर विरोध गरेको छ ।

यस सम्बन्धमा नेपाल औषधि उत्पादक संघ (एपोन) को आजको आकस्मिक बैठकले तय गरेबमोजिम सम्माननीय प्रधानमन्त्रीको कार्यालय, स्वास्थ्य मन्त्री, स्वास्थ्य मन्त्रालय र महानिर्देशक औषधि व्यवस्था बिभागमा दर्ता गरिएको छ ।

औषधि व्यवस्था विभागले बजारमा रहेका सेनेटाइजरको गुणस्तरको सुनिश्चितताको लागि हाल सम्म कुनै कार्य नगरेको र यस अघि दिइएको ३ महिनाको समयावधि गुणस्तरीय सेनेटाइजर दर्ताका लागि पर्याप्त भएको ठहर गर्दै एपोनले बिना गुणस्तर परीक्षण र दर्ता बिना सेनेटाइजर आयात र उत्पादन गर्न दिने निर्णय सम्पूर्ण नेपालीको स्वास्थ्य सँगको खेलबाड भएको उल्लेख गरेको छ ।

एपोनका महासचिव विप्लव अधिकारीले भन्नुएको छ —‘नेपाल सरकारको नीति बमोजिम स्वदेशमा नै पर्याप्त कच्चापदार्थ उपलब्ध रहेको र हाम्रा ४० वटा उद्योगले पर्याप्त उत्पादन पनि गरी आत्मनिर्भर भइसकेको यस उत्पादनको दर्ता समयाबधि थपलाई ३ दिन भित्र रोकि दर्ता प्रक्रियाबाट आउने गुणस्तरीय उत्पादनलाई अनुमति दिनुहुन बिनम्रतापुर्वक अनुरोध गर्दछौं ।’

संघको माग प्रति बेवास्ता गरी ३ दिन भित्र सम्बोधन नगरिएमा संघ कडा रुपमा बिरोधमा उत्रिन बाध्य उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्