Logo
|
Wednesday 24th April 2024
Logo

epaper

स्यानिटाइजर कम्पनी दर्ता गर्न म्याद थपिएको भन्दै औषधि उत्पादक उत्रिए आन्दोलनमा



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपाल औषधि उत्पादक संघ (एपोन) को आयोजनामा औषधि उत्पादकहरुले ले ह्याण्ड स्यानिटाइजर उत्पादन कम्पनी दर्ता गर्न म्याद थप गरेको भन्दै औषधि ब्यवस्था विभाग अगाडी सोमबार विहान प्रदर्शन गरेका छन् । सरकारले गुणस्तरको सुनिश्चितता गरेर बिक्रीवितरण गर्नुपर्नेमा बिना दर्ता तीन महिना स्यानिटाइजर बिक्री गर्न दिने निर्णय गरेको भन्दै औषधि उत्पादकहरु आन्दोलनमा उत्रिएको संघका महासचिव विप्लव अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘स्यानिटाइजर कम्पनी दर्ता गर्न ३ महिना समय थपिनु र गुणस्तर सुनिश्चितता नगरी बजारमा जथाभावी बिक्रिवितरण गर्न पाउनु जनताको स्वास्थ्य माथि गम्भिर खेलवाड हुनु हो ।’  नेपाली उत्पादकहरूले पुर्ण रुपमा गुणस्तरको सुनिस्चितता र दर्ता गरेर आफ्ना उत्पादन बजारमा बिक्रि गरिरहँदा विदेशबाट आयात हुने कुनै पनि उत्पादन दर्ता नगरी बजारमा बिक्रि गर्न पाउने यस निर्णयले नेपालि औषधि उद्योगलाई नै धरासायी बनाउने उहाँको भनाइ छ ।

सरकारले तीन महिना म्याद थप गर्दा अवैध रुपमा स्यानिटाइजर उत्पादनको काम बढ्न सक्ने संघको दावी छ । विभागमा दर्ता भई स्वदेशमै उत्पादन हुने इथानोलको प्रयोग गरी करिब हाल ४० उद्योगले स्यानिटाइजर उत्पादन गरिरहेका छन्। । विभागले चैत ९ गते सूचना निकाली तीन महिना भित्र दर्ता प्रक्रियामा आउन आह्वान गरेको थियो । सूचना बमोजिम ४० वटा उद्योगले १ सय २० वटा स्यानिटाइजर उत्पादनका लागि दर्ता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्