Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

मंगलबार थप ११६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १७,०६१ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,०६१ पुगेको छ ।

यसैगरी मंगलबार ३४ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या १०,३२८ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३८ पुगेको छ ।

हालसम्म क्वारेन्टाइनमा २४,७१६ जना बसेका छन भने ६,६९५ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन । विगत २४ घण्टामा देशभरका २५ ओटा प्रयोगशालामा ४,३६१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्