Logo
|
Friday 26th April 2024
Logo

epaper

अमेरिकाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी,



जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरसविरुद्ध अमेरिकी कम्पनि मोर्डनाले विकास गरिरहेको भ्याक्सिन प्रभावकारी देखिएको छ । पहिलो चरणको मानव परीक्षणका क्रममा रोग प्रतिरोधात्मक क्षमता विकास गर्न प्रभावकारी देखिएको हो ।

मोर्डनाले जति पनि स्वयंसेवकमा खोप परीक्षण गर्यो सबैमा रोग प्रतिरोधको प्रतिक्रिया देखाएको न्यु इंग्ल्यान्ड जर्नल अफ मेडिसिनमा मंगलबार प्रकाशित जर्नल लेखमा उल्लेख छ । तर, स्वयंसेवीहरुमा टाउको दुख्ने, मांशपेसी दुख्ने, खोप लगाएको भागमा दुख्ने, थकान महशुश भएको जर्नलमा प्रकाशित लेखमा भनिएको छ ।

यो भ्याक्सिनको यसै महिना तेस्रो चरणको परीक्षण हुने र त्यसपछि मात्र उत्पादन गरिने वा नगरिने टुंगो लगाइनेछ । मोर्डनाले मंगलबार प्रेस विज्ञप्तिमार्फत् ५ करोड डल प्रति वर्ष खोपको उत्पादन गर्ने लक्ष्य लिएको भनेको छ ।

रुसले दोस्रो चरणको खोपको परीक्षण सफल भएको जनाइसकेको छ । उसले अब तेस्रो चरणको परीक्षणमा सफलता हासिल गरे खोप उत्पादन गर्ने पहिलो मुलुक बन्न सक्नेछ ।

अमेरिका, चीन, भारत, अष्ट्रेलियालगायत विश्वका विभिन्न मुलुकमा एक सय २० भन्दा बढी भ्याक्सिन उत्पादन भइरहेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्