Logo
|
Tuesday 24th November 2020
NEWS PAPER

नेपालमा थप ११६ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १७ हजार नाघ्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप ११६ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टी भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या १७,१७७ पुगेको छ ।
यसैगरी बुधबार ६९७ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या ११,०२५ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
हालसम्म क्वारेन्टाइनमा २४,५२७ जना बसेका छन भने ६,११३ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । विगत २४ घण्टामा देशभरका २६ ओटा प्रयोगशालामा ५,०९० वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्