Logo
|
Tuesday 23rd April 2024
Logo

epaper

महालक्ष्मी नगरपालिकामा कोरोना फैलिएको आशंकामा परीक्षण गरिएका २१३ जनाकै रिपोर्ट नेगेटिभ



जनस्वास्थ्य सरोकार, काठमाडौँ । ललितपुरको महालक्ष्मी नगरपालिकामा कोरोना फैलिएको आशंकामा परीक्षण गरिएका २ सय १३ जनाकै पिसिआर  रिपोर्ट नेगेटिभ आएको छ ।

नगरपालिकामा १३ जना संक्रमित भेटिएपछि गत शनिवार संक्रमितसँग सम्पर्कमा रहेको आशंकामा ७४ जना र समुदायका १ सय ३९ गरी दुइसय १३ जनाको स्वाव संकलन गरि पिसिआर परीक्षणका लागि पठाइएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको नगर प्रमुख रामेश्वर श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो –‘परीक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको खबर सुनाउन पाउँदा खुशी लागेको छ । यसबाट कोरोना संक्रमण समुदायतह सम्म पुग्न सकेको छैन भन्ने पुष्टी हुन्छ ।’

विदेशबाट फर्केका, अन्य रोगको उपचारका लागि अस्पताल गएका, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र काठमाडौंबाट अन्य जिल्लामा प्रवेश परीक्षा दिन जान लागेका विद्यार्थीहरुलाई शंकाको आधारमा स्वास्थ्य परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमितहरु निको भइरहेको र समूदायसम्म नपुगेकाले यसबाट आत्तिनुपर्ने अवस्था नभएको भन्दै उच्चसर्तकता अपनाउन नगरवासीलाई अपिल समेत गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्