Logo
|
Wednesday 25th November 2020
NEWS PAPER

विहिबार थप १६७ जनामा कोरोना संक्रमण पुष्टी, संक्रमितहरुको संख्या १७,३४४ पुग्यो



जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा थप १६७ जनामा कोरोना भाइरस (कोभिड– १९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कुल संक्रमितहरुको संख्या १७,३४४ पुगेको छ ।

यसैगरी बिहिबार २१३ जना कोरोनामुक्त भएर घर फर्किएका छन । यो सँगै मुलुकमा कोरोनासंक्रमणबाट निको हुनेहरुको संख्या ११,२४९ पुगेको छ । मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमका अनुसार नेपालमा हालसम्म कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या ३९ पुगेको छ ।
हाल क्वारेन्टाइनमा बस्नेको संख्या २३,५०० रहेको छ भने ६,०५६ जनाको आइसोलेसनमा उपचार भइरहेको छ । क्वारन्टिनमा बसेकामध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेका छन् । विगत २४ घण्टामा देशभरका २७ ओटा प्रयोगशालामा ४,९८१ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्